छपकैयामा आँखा शिविर सम्पन्न : १६० जनाको आँखा परीक्षण, ४४ जनामा मोतियाबिन्दु फेला

वीरगञ्ज, २७ कार्तिक

सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाको आयोजनामा र वीरगञ्ज महानगरपालिका वडा नं. २ छपकैयाको सहयोग तथा वीरगञ्ज सामुदायिक आँखा अस्पतालको प्राविधिक सहकार्यमा आयोजित निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ।

शिविरमा कुल १६० जनाको आँखा परीक्षण गरिँदा ४४ जनामा मोतियाबिन्दु (Cataract) रोग फेला परेको अस्पतालका प्राविधिक टोलीले जानकारी दिएको छ। तीमध्ये २२ जना पुरुष र २२ जना महिला रहेका छन्।

कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज महानगरपालिकाका उप–प्रमुख इम्तियाज आलमले सामुदायिक प्रहरी सेवा केन्द्रले गरेको मानवीय सेवामूलक पहलप्रति धन्यवाद ज्ञापन गर्दै भने “छपकैया वडा बासीकालागि यस्तो स्वास्थ्यमूलक कार्यक्रम अत्यन्तै सराहनीय छ। म सामुदायिक सेवा केन्द्रका अध्यक्ष हाजी डा. ग्यासुदिन ठकुराईज्यूलाई हृदयदेखि धन्यवाद दिन चाहन्छु। यस्ता जनमुखी कार्यक्रमले समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्छ,”
भन्नुभयो।

उप–प्रमुख आलमले वडा कार्यालय र सामुदायिक संस्थाहरूबीच सहकार्यमा आगामी दिनमा यस्ता शिविर निरन्तर सञ्चालन गर्न आग्रह पनि गर्नुभयो।

त्यसैगरी वडा नं. २ का अध्यक्ष महमद रेयाज मियाँले मोतियाबिन्दु रोगीहरूको अपरेशन यसै शनिबार निःशुल्क रूपमा गरिने जानकारी दिनुभयो। उहाँले उपचारमा कुनै शुल्क नलाग्ने उल्लेख गर्दै वडा कार्यालय सधैं समुदायको सेवामा तत्पर रहने बताउनुभयो।

अस्पतालका प्राविधिक महेश सिंह धामीले मोतियाबिन्दुका बिरामीलाई सम्पूर्ण उपचार सुविधा निःशुल्क रूपमा उपलब्ध गराइने जानकारी दिनुभयो।

कार्यक्रममा डीएसपी पुरुषोत्तम, वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिक्रम सुवेदी, वडा सदस्य बसिर मियाँ, अब्दुल लतिफ मियाँ अन्सारीलगायत स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको अध्यक्षता सामुदायिक सेवा केन्द्रका अध्यक्ष हाजी डा. ग्यासुदिन मियाँ ठकुराईले गर्नुभएको थियो। उहाँले शिविरमा सहयोग र सहभागिता जनाउने सबैलाई धन्यवाद दिंदै यस अभियानलाई निरन्तर अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot