वीरगंज, २६ कात्तिक । जिल्ला प्रहरी कार्यालय पर्साले लागु औषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला पर्सा वीरगंज महानगरपालिका वडा नं. ३२ चोर्नी बस्ने खेदु महतो धानुक रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक हरि बस्नेतको अनुसार वीरगन्जको ३२ चोर्नी स्थित महतोले सञ्चालन गरेको किराना पसलमा लागु औषध गाँजा बिक्री वितरण लगायतको कारोबार गरिरहेको छ भन्ने विशेष सूचनाको आधारमा प्रहरीले ८ किलो गाँजासहित पक्राउ गरिएको हो। वडा प्रहरी कार्यालय श्रीपुरको प्रहरी टोलीले खानतलासी गर्दा किराना पसल पछाडी पट्टी रहेको कोठामा नीलो रंगको प्लाष्टिकको ड्रममा लुकाई छिपाइ राखिएको लागु औषध गाँजा ८ के.जी फेला परेपछि खेदु महतो धानुकलाई नियन्त्रणमा लिइ लागु औषध सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।