काठमाडौं ,२६ कार्तिक बलिउड अभिनेता गोविन्दाको स्वास्थ्य अचानक बिग्रिएपछि उनलाई मुम्बईको क्रिटिकल केयर अस्पतालमा भर्ना गरिएको छ। गोविन्दाका सहयोगी तथा कानुनी सल्लाहकार ललित बिन्दलले उनी अस्पताल भर्ना भएको कुरा पुष्टि गरेको बीबीसी हिन्दीले जनाएको छ। ललितले भने, ‘गोविन्दा मंगलबार राति ८:३० बजे आफ्नो घरमा अचानक बेहोस भए।’ सुरुमा उनलाई डाक्टरको सल्लाहअनुसार घरमै औषधि दिइएको थियो, तर अवस्था बिग्रिँदै गएपछि गएराति १ बजे जुहुको क्रिटिकल केयर अस्पतालमा भर्ना गरिएको हो। ललितका अनुसार, अहिले गोविन्दाको स्वास्थ्य परीक्षण भइरहेको छ। उनले गोविन्दाको स्वास्थ्य हाल स्थिर रहेको र परीक्षणको नतिजाका आधारमा डाक्टरहरूले उनको उपचार निर्धारण गर्ने बताए। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।