नवलपरासी : क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले बर्तमान कठपुतली सरकार खारेज गरेर स्वाधीन संयुक्त सरकारमा जोड दिएको छ । पार्टीको सुनवल नगर सङ्गठन समितिको कार्यालयको विस्तारित बैठक एवं प्रशिक्षणमा उक्त माग गरिएको हो । पार्टीले संसदीय ब्यवस्था दलाल तथा भष्ट्रहरुको ब्यवस्था रहेको चर्चा गर्दै भष्ट्रचारको अन्त्यका लागि यो ब्यवस्थाको अन्त्य हुनुपर्ने बताएको छ । सो अवसरमा पार्टीका बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेयले बर्तमान संसदीय ब्यवस्था असफल भइसकेको बताउदै त्यसको बिकल्पमा देशभक्त, गणतन्त्रवादी, क्रान्तिकारी,जनवादी तथा वामपन्थी शक्तिका बीच राष्ट्रिय राजनैतिक सम्मेलनमार्फत संयुक्त मोर्चा निर्माण गरी स्वाधीन संयुक्त सरकारको पक्षमा संघर्ष उठाउन आवश्यक रहेको बताए । सो क्रममा सुनवल नगर संयोजक प्रेम रिमालले जनसम्बन्ध विस्तार अभियान र भष्ट्रचार बिरोधी अभियानको चर्चा गर्दै स्वाधीन संयुक्त सरकारका लागि पार्टीले आन्दोलन उठाउने जानकारी दिए । उनले कार्तिक २८ र मङ्सिर ७ गतेको कार्यक्रम सफल बनाउने प्रतिबद्धता समेत ब्यक्त गरे । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।