प्रतापपुर गाउँपालिकामा असल अभ्यास प्रस्तुत गर्दै प्रधानाध्यापकहरू : “संस्कारयुक्त शिक्षाले मात्र गुणस्तरीय नतिजा सम्भव”

आरपि उपाध्याय / नवलपरासी ,२५ कार्तिक

पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिकाको बेलाटारीमा आयोजित एक कार्यक्रममा उपस्थित प्रधानाध्यापकहरुले आफ्नो विद्यालयमा भएका असल अभ्यास प्रस्तुत गरेका थिए।
उनीहरूले सिकाइ उपलब्धि गुणात्मक भएमा त्यसको नतिजा असल आउने बताउदै संस्कारयुक्त शिक्षा प्रणालीलाई लागू गरिएमा विद्यार्थी केन्द्रित शिक्षाले प्राथमिकता पाउने अनुभव सुनाएका हुन।
सहभागी प्रधानाध्यापकहरुले शिक्षा इकाइ र पालिका तहबाट अनुगमन कार्य कडाइका साथ गरिनुपर्ने र लागू औषध विरुद्धको जनचेतनामूलक कार्यक्रमलाई सचेतनामूलक ढङ्गबाट विद्यार्थीहरुलाई दिइएको असल अभ्यास बताएका थिए।
उनीहरूले असल अभ्यास अन्तर्गत संघ,प्रदेश र पालिकाद्वारा दिइने सार्वजनिक बिदा घटाइनुपर्ने तथा अभिभावक,शिक्षक,विद्यार्थी बिच भेला,छलफल,गोष्ठी रअन्तरक्रिया कार्यक्रमलाई बढाउदै आएको पनि उनीहरुको जिकिर रहेको थियो।
शिक्षा विकास तथा समन्वय इकाइ कार्यालयको आयोजनामा एक दिने शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विद्यालयका प्रधानाध्यापक बिचको जिल्ला स्तरीय अन्तरक्रियात्मक बैठकमा आफ्ना विद्यालयको गतिविधि र आफुहरुले प्राथमिकता दिइएको अभ्यासबारे आफ्नो धारणा राखेको प्र.अ. हरुले उक्त कुरा बताएका हुन।


कार्यक्रमका विशेष अतिथि समेत रहनुभएका प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले विद्यालयका प्र.अ. हरु द्वारा गरिएको असल अभ्यासलाई मन,कर्म,वचनद्वारा लागू गरिएमा त्यसको नतिजा पनि परिणाममुखी आउने बताउनु भयो।
यादवले माध्यमिक तहसम्मको शिक्षा पालिकाकै मातहत राखिएको हुँदा त्यस कुरालाई हामी सबैले गम्भीर ढंगले आत्मसात गरिनुपर्ने बताउनु भएको थियो।
अध्यक्ष यादवले राष्ट्रले दिएको जिम्मेवारी पूरा गर्नु हामी सबैको परम कर्तव्य रहेको बताउदै अधिकारको माग गर्दा आफ्नो कर्तव्यलाई कहिल्यै पनि बिर्सन नहुने जिकिर पनि गर्नुभयो।
कार्यक्रमको अध्यक्षता गर्नुभएका शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख महेन्द्र प्रसाद सुवेदीले तराईको जिल्लाहरूमा राष्ट्रिय एजेन्डा पूरा गर्ने उद्देश्य कार्यक्रमको रहेको हुँदा शिक्षालाई गन्तव्यमा पुर्याउन आधुनिक शिक्षा प्रणालीलाई मनन गर्न आग्रह गर्दै आगामी शैक्षिकसत्रमा १० प्रतिशत शैक्षिक नतिजा वृद्धि गर्ने तर्फ सबै केन्द्रित रहनुपर्ने धारणा राख्नुभयो।
इकाइ प्रमुख सुवेदीले हाम्रो वरिष्ठ संवाददाता आर.पि.उपाध्याय संग संक्षिप्त कुराकानी गर्दै राष्ट्रिय शिक्षा नीतिले अपेक्षा गरे अनुसारको जनशक्ति निर्माण गर्नु वर्तमान समयको माग रहेको बताउनु भयो।
प्रतापपुर र सुस्ता गाउँपालिका का ५० सामुदायिक विद्यालयहरुका प्रधानाध्यापकहरुको उपस्थिति रहेको अन्तरक्रिया कार्यक्रममा प्रतापपुर गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत अनिता थारु,शिक्षा शाखा प्रमुख नारायण ढुंगाना लगायतको पनि कार्यक्रममा उपस्थिति रहेको कार्यक्रम सञ्चालक इकाइका शाखा अधिकृत नवीन पोख्रेलले जानकारी दिनुभयो।


प्रधानाध्यापकहरुको उपस्थिति रहेकोे भेलामध्ये २२ प्रधानाध्यापकहरुले शिक्षा क्षेत्रमा देखापरेको समस्याहरुको विषयमा लिखित जिज्ञासा पनि राखेका थिए।
लिखित जिज्ञासाको जवाफ दिदै इकाइ प्रमुख सुवेदीले प्र.अ. बाट राखिएको जिज्ञासा अत्यन्त सान्दर्भिक र शिक्षा केन्द्रित रहेकोे जवाफ दिनुभएको त्रिभुवन मा.वि. बेलाटारीका प्र.अ. नाराद ठाकुरले जानकारी दिनुभएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot