पाकिस्तान,१८ कार्तिक — पाकिस्तानको सर्वोच्च अदालतमा मंगलबार बिहान भएको ग्यास विस्फोटमा कम्तीमा १२ जना घाइते भएका छन्। इस्लामाबाद प्रहरी प्रमुख (आईजी) अली नासिर रिजवीका अनुसार विस्फोट सर्वोच्च अदालतको बेसमेन्टमा रहेको क्यान्टिनमा बिहान करिब १०ः५५ बजे भएको हो। प्रारम्भिक अनुसन्धानमा ग्यास चुहावटका कारण विस्फोट भएको पुष्टि भएको उनले जानकारी दिए। ‘सर्वोच्च अदालतको क्यान्टिनमा तीन दिनदेखि ग्यास चुहावटको गुनासो आइरहेको थियो,’ आईजी रिजवीले भने, ‘आज बिहान अचानक विस्फोट हुँदा १२ जना घाइते भएका छन्, जसमा दुई जनाको अवस्था गम्भीर छ।’ विस्फोटका बेला क्यान्टिनमा एसी मर्मतका लागि आएका एक प्राविधिक काम गरिरहेका थिए र उनी सबैभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ। घाइतेहरूलाई नजिकैका अस्पतालमा उपचारका लागि लगिएको छ। घटनापछि प्रहरी र दमकल टोलीले क्षेत्रलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।