नारायणघाट–बुटवल सडक दुई महिनासम्म एकतर्फी सञ्चालन, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध

राष्ट्रिय दैनिक / नवलपरासी ,१७ कार्तिक

विगत केही दिनयता परेको निरन्तर वर्षाका कारण निर्माणाधीन नारायणघाट–बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा सडक सतह चिप्लो बनेर सवारी आवागमनमा कठिनाइ देखिएको छ। सडक विभाग, आयोजना निर्देशनालय (एडीबी)ले उक्त सडक खण्ड अगामी करिब दुई महिनासम्म (२०८२ पौष १५ सम्म) एकतर्फी सञ्चालन हुने जानकारी दिएको छ।

विभागले आइतबार विज्ञप्ति जारी गर्दै वर्षाका कारण निर्माण कार्य प्रभावित भएकाले सडकको अवस्थाबारे अद्यावधिक जानकारी लिएर मात्र यात्रा गर्न आग्रह गरेको हो।
विभागले भनेको छ “कल्भर्ट निर्माण जारी रहेकाले पुनः वर्षा भएमा सवारी सञ्चालनमा थप समस्या हुन सक्ने भएकाले सावधानी अपनाउन सबैमा अनुरोध गरिएको छ।”

यात्रामा असुविधा हुने अवस्थालाई मध्यनजर गर्दै विभागले वैकल्पिक मार्ग प्रयोग गर्न सवारी चालक र यात्रुहरूलाई आग्रह गरेको छ।
पूर्व–पश्चिम राजमार्ग हुँदै आउने–जाने सवारीका लागि नारायणघाट–मुग्लिङ–पोखरा–स्याङ्जा–पाल्पा–बुटवल वा कालीगण्डकी चोक (गैंडाकोट)–रामपुर–पिपलडाँडा–पाल्पा–बुटवल मार्ग प्रयोग गर्न सकिने बताइएको छ।
त्यस्तै दुई पांग्रे र ४WD सवारी साधनका लागि दुम्कीबास–ज्यामरे–डाँडाचोक–डमार हुँदै भुताहा मार्ग उपयुक्त हुने जनाइएको छ।

सडकको अद्यावधिक अवस्थाबारे जानकारीका लागि विभागले निम्न सम्पर्क नम्बरहरू सार्वजनिक गरेको छ —

जिल्ला ट्राफिक प्रहरी: ९८५७०८७२२२,दुम्कीबास प्रहरी: ९८५७०४०९२७ ,आयोजना सूचना अधिकारी: ९८५५०२७८२० / ९८५७०८२३४० ,परामर्शदाताका इन्जिनियर: ९८६९७९३१२९ / ९८६०४४१२२९ ,निर्माण व्यवसायीका इन्जिनियर: ९८१९८८४४१६ / ९८४१६००९२३

विभागले यात्रु र सवारी चालकहरूमा पर्ने असुविधाप्रति क्षमा प्रकट गर्दै भनेको छ “निर्माण कार्य सकिएपछि नारायणघाट–बुटवल सडक खण्ड अझ सुरक्षित, सहज र दिगो यातायातका लागि आदर्श मार्ग बन्नेछ।”

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot