नवलपरासी ,१७ कार्तिक – क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले स्वाधीन संयुक्त सरकारमा जोड दिएको छ । देशभक्त, गणतन्त्रवादी, क्रान्तिकारी जनवादी तथा वामपन्थी शक्तिका बीच संयुक्त मोर्चा निर्माण गरी स्वाधीन संयुक्त सरकारको पक्षमा संघर्ष उठाउने पार्टीको योजना रहेको छ । पार्टीको बर्दघाट नगर कार्यालयको बैठकमा बोल्दै क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेयले स्वाधीन संयुक्त सरकारको योजना लिएर आफूहरु जनतामाझ जाने बताए । सो अवसरमा क्रान्तिकारी संयुक्त मोर्चा नेपालका जिल्ला संयोजक चुडामणी भण्डारी, ज्ञानबहादुर केसी र नगर संयोजक राम प्रसाद अर्गेजाले विचार ब्यक्त गरेका थिए । कार्यक्रममा बर्दघाट नगरमा पार्टीको अवस्था र खेल्नुपर्ने भुमिकाको साथै बैचारिक रुपमा प्रशिक्षित गर्ने योजना बारे छलफल भएको पार्टीले जनाएको छ । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको बर्दघाट नगर समिति १३ सदस्सीय रहेको छ । नेकपा(क्रान्तिकारी माओवादी) नेकपा(बहुमत)को महत्वपुर्ण हिस्सा र नेकपा (मशाल) बीच एकता महाधिबेशन सम्पन्न गरेर क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल बनेको हो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।