कपिलवस्तुमा दंगा नियंत्रण बल र चन्द्रौटाको प्रहरी कार्यालयलाई स्तरोन्नतीको माग

काठमांडू, कार्तिक १६

कपिलवस्तु समाजका एक प्रतिनिधि मण्डलले यस समाजका आजीवन सदस्य कपिलवस्तु कृष्णनगर निवासी नवनियुक्त प्रहरी अतिरिक्त महानिरीक्षक उमा चतुर्वेदीलाई भेटी बधाई ज्ञापन तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ । 

कपिलवस्तु जिल्लाको सुरक्षा व्यवस्थाको बारेमा चर्चा गर्नुको साथै ईलाका प्रहरी कार्यालय चन्द्रौटालाई स्तरोन्नति गरी नायव उपरीक्षक (DSP) को दरवन्दी सहित संचालन गर्न तथा ५०-६० दरवन्दी सहितको दंगा गणको कपिलवस्तुमा स्थापना गर्नुपर्ने माँग गरेको छ। 

कपिलवस्तु जिल्लामा कृष्णनगर र मर्यादपुर गरि हाल दुई प्रमुख भंसार नाका रहेको हुदा सुरक्षा व्यवस्था कायमको लागी अतिआवश्यक रहेको छ।छिमेकी जिल्ला दाङ र रुपन्देहीम सो गण रहेको तर कपिलवस्तुमा नरहेकोले सो स्थापन  गर्नुपर्ने माग गरेका छन । सो सम्बन्धमा अतीरिक्त महानिरीक्षक चतुर्वेदीले आफुले सम्वन्धित निकायमा प्रताव राख्ने प्रतिबद्धता व्यक्त गर्नु भयो।

 सो प्रतिनिधि मण्डलमा समाजका अध्यक्ष दीपक राजभण्डारी , उपाध्यक्ष आलोक तिवारी, सचीव बाबुराम भट्टराई  तथा संरक्षक कालिका दवाडी, पूर्व अध्यक्ष दिगविजय मिश्र ,रत्नाकर ज्ञवाली, अवधेश छिपी तथा अशोक ओझा को उपस्थिति रहेको थियो।

कपिलवस्तु समाज बि.स. २०४७सालमा विशुद्ध समाजिक संस्थाको रुपमा काठमाडौमा स्थापना भएको थियो ।कपिलवस्तु जिल्लाको सर्वपक्षीय विकासको लागि नेपाल सरकारका विभिन्न निकाय लगायत अन्य सरोकारवालालाई सल्लाह सुझाव र दवावमूलक कार्यक्रम गर्दै आएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot