सुरेश यादव / नवलपरासी ,१६ कार्तिक जेनजी प्रदर्शनको क्रममा गत भदौ २५ गते नवलपरासी कारागारबाट फरार भएका ५४६ कैदी बन्दीमध्ये २०५ जना अझै सम्पर्कमा आएका छैनन् । फरार रहेका २०५ जना कैदी बन्दीमध्ये ३८ जना भारतीय नागरिकहरु रहेको जिल्ला कारागार कार्यलयका प्रमुख विकल श्रेष्ठले जानकारी दिनुभएको छ । जसमा २२ जना कैदीबन्दीहरु अदालतको फैसला अनुसार सजाय भोग्दै आएका थिए । यसरी जेनजी प्रदर्शनको समयमा कारागारमा कुल ५७५ जना कैदीबन्दीहरु रहेकोमा २९ जना बाहेक सबै फरार भएका प्रमुख श्रेष्ठले बताउनुभयो । यसैबिच प्रदर्शनका क्रममा आगजनी र तोडफोडको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले ४१ जनामाथि मुद्दा चलाएको छ । जसमध्य १४ जनालाई गएको असोज १० गते जनही ६० हजारका दरले धरौटी जम्मा गर्न लगाएर छाडेको थियो । यस्तै बाँकी २७ जना अझै पनि फरार रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डिएसपी) विरदत्त पन्तले जानकारी दिनुभयो । प्रदर्शनका क्रममा निजी,सरकारी तथा राजनीतिक दलका पार्टी कार्यालय गरी करिब ३९ करोड बराबरको क्षति भएको थियो । उनीहरुमाथि भिडियो फुटेजका आधारमा मुद्दा चलाइएको प्रहरीले जनाएको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।