Rashtriya Dainik

गोबरहिया डिप ट्युबवेल जल सिचाइ उपभोक्ता समितिको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

राष्ट्रिय दैनिक / नवलपरासी, १५ कार्तिक

पश्चिम नवलपरासीको सरावल–४, गोबरहियामा अवस्थित गोबरहिया डिप ट्युबवेल जल सिचाइ उपभोक्ता समितिको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ।

कार्यक्रम समितिका अध्यक्ष सुरेश प्रसाद चौधरीको अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै सरावल गाउँपालिका अध्यक्ष चौधरीले सिचाइ योजनाले गाउँको कृषि उत्पादन वृद्धि र किसानको आर्थिक सशक्तीकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले भन्नुभयो,“सिचाइ सुविधा पुगेपछि किसानको उत्पादन र आम्दानी दुबै बढेको छ। आगामी दिनमा गाउँपालिकाले सिचाइ क्षेत्रको दिगो विकासका लागि थप सहयोग र लगानी बढाउनेछ।” अध्यक्ष चौधरीले समिति र उपभोक्तालाई योजनाको दीगो सञ्चालन, मर्मत–सम्भार र पारदर्शी व्यवस्थापनमा ध्यान दिन आग्रह गर्नुभयो।

साधारण सभामा कोटही मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र चौधरी, ईन्द्र बहादुर चौधरी, जीत बहादुर चौधरी, निमन्त्रराज चौधरी र मित्रलाल चौधरी अतिथिका रूपमा सहभागी हुनुभएको थियो।

कार्यक्रममा स्वागत मन्तव्य पुष्पा चौधरीले दिनुभएको थियो। सभामा प्रस्तुत आर्थिक प्रतिवेदनअनुसार समितिको वार्षिक आय रु १,८८,००० र व्यय रु १,७३,००० रहेको छ।

अध्यक्ष सुरेश प्रसाद चौधरीले समितिले सिचाइ व्यवस्थापन, जलस्रोत संरक्षण र किसान हितका कामलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो। उहाँले गत वर्षका गतिविधि र आगामी वर्षका योजनाबारे जानकारी दिनुभयो।

अधिवेशनले विद्यमान कार्यसमितिलाई निरन्तरता दिएको छ।
समितिको अध्यक्षमा सुरेश प्रसाद चौधरी,उपाध्यक्षमा बसन्त कुमारी चौधरी,सचिवमा शिव प्रकाश चौधरी र कोषाध्यक्षमा पुष्पा थारु रहेका छन ।

त्यस्तै सदस्यहरूमा जय प्रकाश चौधरी, भाग्यमानी चौधरी, शिवरात्री चौधरी, बेइली देवी यादव, राजन श्रेष्ठ, प्रहलाद चौधरी र निशा चौधरी रहेकी छिन ।

कार्यक्रममा वक्ताहरूले सिचाइ व्यवस्थापनमा उपभोक्ताको सक्रियता, पारदर्शिता र सहकार्यको आवश्यकता औँल्याएका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित