सरावल उद्योग वाणिज्य संघको साधारण सभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा घिमिरे

राष्ट्रिय दैनिक / नवलपरासी ,१५ कार्तिक

सरावल उद्योग वाणिज्य संघले आफ्नो पहिलो साधारण सभा तथा अधिवेशन भव्य रूपमा सम्पन्न गरेको छ। संघका अध्यक्ष शुसान्त शर्मा घिमिरेको अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न अधिवेशनमा स्थानीय उद्योग, व्यवसायी, जनप्रतिनिधि तथा सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गाउँपालिका अध्यक्ष चौधरीले उद्योग व्यवसाय समुदायले स्थानीय रोजगारी सिर्जना र आर्थिक समृद्धिमा अग्रणी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले संघलाई नीति निर्माण, लगानी प्रवर्द्धन र व्यवसायिक सहजतामा गाउँपालिकाको साझेदारका रूपमा काम गर्न आग्रह गर्नुभयो।

सो अवसरमा सरावल–४ का वडा अध्यक्ष सुरेश यादव, बर्दघाट उद्योग वाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने, सरावल–२ काकार्यवाहक वडा अध्यक्ष नरेन्द्र चौधरी, वाणिज्य संघका सल्लाहकार दिनेश सहानी र चन्द्रकुमार गुप्ता, घरेलु तथा साना उद्योग महासंघ सरावलका अध्यक्ष जन्मेजय यादव, सरावल गाउँपालिकाका सहायक प्रशासकीय अधिकृत तथा उद्योग विकास शाखा प्रमुख राजन बस्याल र सरावल प्रेस क्लबका अध्यक्ष उमेश बि.क लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

अधिवेशनबाट संघको नयाँ कार्यसमिति सर्बसम्वत चयन भएको हाे । जसको अध्यक्षमा पुनः शुसान्त शर्मा घिमिरे,वरिष्ठ उपाध्यक्षमा बिरेन्द्र यादव,उपाध्यक्षमा लक्ष्मी बस्याल , महासचिवमा अरुण राव ,द्वय सचिवमा हेमन्त चौधरी र देवराज राय थारु तथा कोषाध्यक्षमा सञ्जय सहानी केवट चयन भएका छन ।

त्यस्तै सदस्यहरूमा शशी कुमारी कमकर, रामु चौधरी, कैलाश्वर गुप्ता, भूपनारायण चौधरी, सुनिल चौधरी र भोलानाथ कोईरी निर्विरोध निर्वाचित भएका छन ।

त्यसैगरी लेखा समिति संयोजकमा अकलेश जैसवाल र सदस्यमा मनोज कुमार गुप्ता तथा हेम कुमारी काजी चौधरी चयन भएकी छिन्।

कार्यक्रमको उद्घाटन वरिष्ठ उपाध्यक्ष बिरेन्द्र यादवको स्वागत मन्तव्यबाट भएको थियो भने सम्पूर्ण कार्यक्रमको सञ्चालन महासचिव अरुण रावले गर्नुभएको थियो।

संघले अधिवेशनमार्फत उद्योग, व्यापार र उद्यमशीलताको प्रवर्द्धनमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ।

नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन अधिकृत मित्रलाल लामिछानेले शपथ ग्रहण गराउनुभएको संघले जनाएको छ। कार्यसमितामा प्रायः तदर्थ समितिका पदाधिकारी र सदस्यहरू निरन्तरता पाएका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot