डिजेल र मट्टितेलको मूल्य घट्यो, हवाई इन्धन महँगियो

काठमाडौं,कात्तिक १४-

नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ भने हवाई इन्धनको मूल्य बढाएको छ। निगमले एक विज्ञप्ति जारी गर्दै नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुने जानकारी दिएको छ। विज्ञप्तिअनुसार, डिजेल र मट्टितेलको साविकको बिक्री मूल्यमा प्रति लिटर १ रुपैयाँले घटाइएको छ।

नयाँ मूल्यअनुसार अब पहिलो वर्गका क्षेत्रमा (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज) डिजेलको मूल्य प्रति लिटर १४१.५० रुपैयाँ कायम भएको छ। यस्तै, दोस्रो वर्ग (सुर्खेत र दाङ) मा १४३ रुपैयाँ र तेस्रो वर्ग (काठमाडौं, पोखरा र दिपायल) मा १४४ रुपैयाँ प्रति लिटर पर्नेछ।

निगमले हवाई इन्धन (आन्तरिकतर्फ) को मूल्य भने प्रति लिटर १ रुपैयाँले बढाएर १२८ रुपैयाँ पुर्‍याएको छ। अन्तर्राष्ट्रियतर्फको हवाई इन्धनको मूल्य पनि समायोजन गरिएको छ।

पेट्रोलको खुद्रा बिक्री मूल्य भने यथावत राखिएको निगमले जनाएको छ। इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यअनुसार मूल्य समायोजन गरिएको निगमले स्पष्ट पारेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot