Rashtriya Dainik

सरावल गाउँपालिका र चाइल्ड फन्ड जापानबीच ४ करोड ५९ लाखको शैक्षिक सहयोग सम्झौता

राष्ट्रिय दैनिक /नवलपरासी ,१४ कार्तिक

शिक्षाको गुणस्तर सुधार र दिगो शैक्षिक विकासको लक्ष्यका साथ सरावल गाउँपालिका र Child Fund Japan बीच रु. ४ करोड ५९ लाख ५४ हजार ९२७ बराबरको शैक्षिक सहयोग कार्यक्रमका लागि ऐतिहासिक सम्झौता सम्पन्न भएको छ।

सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे निजी सचिवालय फेसबुक पेजबाट सरावलका सम्पूर्ण वासिन्दा, अभिभावक, विद्यार्थी तथा शिक्षाप्रेमी महानुभावहरूलाई उपलब्धिकाे अवसरमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गरिएको छ।

यस सम्झौताअन्तर्गत सरावल गाउँपालिकाभित्रका शैक्षिक दृष्टिले पछाडि रहेका तर सम्भावनायुक्त विद्यालयहरूमा कार्यक्रम सञ्चालन गरिनेछ। ती विद्यालयहरूमा श्री जनता आधारभूत विद्यालय सरावल–५ धनगडवा ,विनोद–निता कण्डेल आधारभूत विद्यालय सरावल–५ दुबैलिया ,जनता माध्यमिक विद्यालय सरावल–६ भुजहवा ,महेन्द्र जनता माध्यमिक विद्यालय सरावल–६ गडौरी समावेश छन्।

कार्यक्रममार्फत विद्यालयहरूको भौतिक पूर्वाधार सुधार, शिक्षण–अधिगमको गुणस्तर अभिवृद्धि, विद्यार्थी सीप विकास र अभिभावक तथा समुदायबीच शिक्षा प्रतिको जागरुकता विस्तार गरिनेछ।

यो सहकार्यले सरावल गाउँपालिकालाई “गुणस्तरीय र सबैका लागि शिक्षा” को लक्ष्यमा अझ नजिक पुर्‍याउने अपेक्षा गरिएको छ। साथै यस कार्यक्रमको कार्यान्वयनका लागि स्थानीय साझेदार संस्थाका रूपमा ईन्द्रेणी सामाजिक विकास मञ्चसँग समेत सहकार्य गरिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित