११ वर्षीय अन्तर्राष्ट्रिय बाल विदुषी अनुराधाद्वारा त्रिवेणीमा श्रीमत भागवत कथा प्रवचन सुरु

आरपि उपाध्याय / नवलपुर ,९ कार्तिक

श्री हरि आध्यात्मिक प्रतिष्ठानद्वारा आयोजित चतुर्माश सतसंग एवं श्रीमत भागवत कथा प्रवचन कार्यक्रम अन्तर्गत अन्तर्राष्ट्रिय स्तरको ११ वर्षीय बालिकाद्वारा कथा प्रवचन कार्यक्रम राधाकृष्ण मन्दिर त्रिवेणीमा शुभारम्भ भएको छ।
विश्व स्तरकै ११ वर्षीय बाल विदुषी सुश्री अनुराधा पाण्डेको मुखार विन्दुबाट कथा प्रारम्भ हुने कार्यक्रममा जनप्रतिनिधि, मठमन्दिरका पिठाधिस,साधु सन्त, धार्मिक व्यक्तित्व,क्लब र आमा समुहको सो अवसरमा सहभागिता रहेको थियो।
ऎतिहासिक गिता माता मन्दिर निर्माण कार्य हेतु प्रारम्भ भएको कार्यक्रमलाई आउदो कार्तिक १५ गते एक करोड दीप प्रज्वलन गरि कार्यक्रम समापन गरिने आयोजकले जानकारी दिएको छ।
कार्यक्रम संयोजक चिरञ्जीवी ढुंगानाको अध्यक्षतामा श्रीमत भागवत कथा परायण कार्यक्रम शुभारम्भ गरिएको थियो।


कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका कामधेनु गौशाला सुनवलका संरक्षक योगी सोमराज महाराजले असल संगतबाट नै असल परिणाम आउने बताउदै ज्ञान मार्ग,भक्ती मार्ग र आध्यात्मिक मार्गको गन्तव्य एउटै रहेको बताउदै धार्मिक गतिविधिबाट नै मोक्ष प्राप्त गर्न सकिने धारणा राख्नुभयो।
प्रमुख अतिथि योगी सोमराजले दु:ख र सुखको संगम भनेको नै मानव जीवन रहेकोले मानव जीवनलाई सुखी बनाउन धार्मिक गतिविधि र दानपुण्य नै गर्नुपर्ने रहेको जिकिर पनि गर्नुभयो।
सो अवसरमा गजेन्द्र मोक्ष दिव्य धाम त्रिवेणीका करपात्री स्वामी कृष्ण प्रपन्नाचार्यले गिता माता मन्दिरबाट त्रिवेणी धाममा धार्मिक गतिविधि वृद्धिमा नयाँ आयाम थपिने पनि विचार व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा विनयी त्रिवेणी ६ का वडा अध्यक्ष नुरेन्द्र शाहले नेपालकै प्रमुख धार्मिक धरोहरहरु मध्ये एक त्रिवेणी धाममा गिता माता मन्दिर निर्माणबाट धार्मिक चेतनाको वृद्धि हुने तथा धार्मिक जागरण बढ्ने भएकोले यो पवित्र कार्यलाई सबैले सहयोग गर्नुपर्ने धारणा राख्नुभयो।
सो अवसरमा राधाकृष्ण मन्दिरका पिठाधिस हरिशरण उपाध्याय लगायतले पनि धार्मिक गतिविधि सम्बन्धि विविध पक्षबारे आफ्नो धारणा राख्नुभएको थियो।


कार्यक्रम सञ्चालन पूर्व राधाकृष्ण मन्दिरबाट बाजागाजा सहित निस्केको कलश यात्रा रेलीले त्रिवेणी बजार,केउलानी,कोटीहोम लगायत क्षेत्र परिक्रमा पनि गरेको थियो।
सात दिवसीय श्रीमत भागवत कथा परायण कार्यक्रमलाई ११ वर्षीय बाल विदुषी अनुराधा पाण्डेले भक्तिमय संगीत सहित कथा प्रवचनको सुरुवात गर्नुभएको आयोजकले जानकारी दिएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
error: Content is protected !!