हैदरावाद ,७ कार्तिक : भारतको हैदरावादबाट बेंगलुरु जाँदै गरेको बसमा आगलागी हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ। अन्य केही यात्रु घाइते भएका छन्। कुर्नुल जिल्लाको चिन्ना टेकुरु गाउँ नजिकै शुक्रबार बिहान बसमा आगलागी हुँदा दुर्घटना भएको थियो । बसमा ४२ जना यात्रु सवार थिए । घाइतेमध्ये केहीको अवस्था गम्भीर भएकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने आशंका गरिएको छ । बीबीसी तेलुगुको रिपोर्टका अनुसार एउटा बाइक बससँग ठोक्किएर बसको मुनि गएर तेल ट्यांकीमा ठोक्किएपछि आगलागी भएको आशंका गरिएको छ ।तर, स्थानीय प्रशासनले भने यसको कारण भने पुष्टि गर्न सकेको छैन । मुख्यमन्त्री चन्द्रबाबु नायडूले कुर्नुल दुर्घटनामा दु: ख व्यक्त गरेका छन्। उनले एक्समा लेखेका छन्, ‘कुर्नुल जिल्लाको चिन्ना टेकुरु गाउँ नजिकै भयानक बस आगलागी दुर्घटनाको बारेमा थाहा पाउँदा मलाई गहिरो दुःख लागेको छ। यस दुर्घटनामा आफ्ना प्रियजनहरू गुमाएका परिवारहरूप्रति मेरो गहिरो समवेदना छ। सरकारले घाइते र प्रभावित परिवारहरूलाई हरसम्भव सहयोग गर्नेछ।’ कुर्नुल रेन्जका डीआईजी कोया प्रवीणले पीटीआईलाई भने, ‘दुर्घटनामा दुई बालबालिकसहित १९ जना यात्रु सकुशल छन् । प्रहरीका अनुसार बसको ढोका सर्ट सर्किटका कारण बन्द भएको थियो र केही मिनेटमै गाडी पूर्ण रुपमा जलेको थियो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।