दुर्गा युवा क्लबद्वारा आयोजित खुल्ला कबड्डी प्रतियोगिता भव्यताका साथ सम्पन्न , सुस्ता प्रथम

राष्ट्रिय दैनिक / नवलपरासी ,५ कार्तिक

पश्चिम नवलपरासीको सरावल गाउँपालिका–४ मंगलापुरमा दुर्गा युवा क्लबको आयोजनामा खुल्ला कबड्डी प्रतियोगिता उत्साहका बीच सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति नवलपरासीका प्रमुख भगौती प्रसाद यादव (रुदल) रहेका थिए। उनले खेलकुदले युवाहरूमा अनुशासन, आत्मविश्वास र एकता जगाउने बताउँदै भने “स्थानीय स्तरमा भएका खेलहरूलाई अब जिल्ला हुँदै केन्द्र स्तरमा पुर्‍याउन जरुरी छ। यसका लागि जिल्ला समन्वय समिति र पालिका दुवै तर्फबाट सहयोग गर्न तयार छौँ।”

त्यस्तै सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले खेलकुद विकासलाई प्राथमिकता दिँदै भने “खेलकुदका माध्यमबाट सरावलको पहिचान राष्ट्रिय स्तरमा पुर्‍याउने हाम्रो लक्ष्य हो। पालिका खेलकुदमैत्री अभियानमा सधैं साथ दिन्छ।”

पालिका उपाध्यक्ष बासमती हरिजनले खेलकुदले सामाजिक सद्भाव र एकता बलियो बनाउने उल्लेख गर्दै युवाहरूलाई खेलकुदमा निरन्तर सक्रिय रहन आग्रह गरिन्।

समापन समारोहमा समाजसेवी जन्मेजय यादव, सरावल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष बिरेन्द्र यादव, शिक्षक सरवन सहानी, पत्रकार मोहन पौडेल र पत्रकार उमेश बि.क लगायतका अतिथिहरूले खेलाडीहरूलाई शुभकामना दिँदै दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त गरे।

प्रतियोगितामा जिल्लाभित्रका २४ टिमको सहभागिता रहेको थियो।
अन्तिम प्रतिस्पर्धामा सुस्ता–२ कुडियाले प्रथम स्थान हासिल गर्दै रु.१०,००० नगद र मेडल प्राप्त गर्‍यो। मंगलापुर टिमले द्वितीय स्थान प्राप्त गर्दै रु.६,००० नगद र मेडल प्राप्त गर्याे।
त्यस्तै ललितपुर टिमले तृतीय स्थान प्राप्त गर्दै रु.४,००० नगद र मेडल जित्यो।

आयोजक दुर्गा युवा क्लबका अध्यक्ष प्रकाश कोइरीले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण संघ–संस्था, खेलप्रेमी र स्थानीयबासीप्रति आभार व्यक्त गरे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot