राष्ट्रिय दैनिक / नवलपरासी , ४ कार्तिक पश्चिम नवलपरासीको सरावल गाउँपालिका–३, पिपरास्थित आरति एग्रो इन्डष्ट्रिज प्रा.लि. का एक कामदार मृत अवस्थामा फेला परेका छन्। मृत फेला पर्नेमा सर्लाही जिल्ला चनरगन्ज निवासी ३७ वर्षीय सञ्जय माझी मुसहर रहेका छन्। उनी सो उद्योगमा लेबरका रूपमा कार्यरत थिए। स्थानीयका अनुसार आज बिहान करिब ५ बजेतिर कम्पनी बाहिर माझीको शव फेला परेको हो। शव देखेपछि स्थानीयले तत्काल प्रहरी चौकी बर्दघाट र सरावल–३ का वडा अध्यक्ष फिरंगी चौधरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै प्रहरी टोली र जनप्रतिनिधि घटनास्थल पुगेका थिए। प्रहरी र वडा कार्यालयको उपस्थितिमा मुचुल्का उठाई शव पोस्टमार्टमका लागि पृथ्वीचन्द्र अस्पताल, परासी पठाइएको वडा अध्यक्ष चौधरीले बताए। घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ। मृत्यूको कारण हालसम्म स्पष्ट हुन सकेको छैन। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।