अमृता सुनार/नवलपरासी ,३ कार्तिक पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं ६ स्थित विशासय सामुदायिक वन उपभोक्ता समुहको १९ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । समुहका अध्यक्ष गंगा प्रसाद घिमिरेको अध्यक्षता एवम डिभिजन वन कार्यालय नवलपरासीका प्रमुख राजु के.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा सुनवल वडा नं १ का वडाध्यक्ष मन बहादुर थापा, सुनवल वडा नं ६ का वडाध्यक्ष हिमलाल शर्मा चापागाईं लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि के.सी.ले सामुदायिक वनले वन कर्मचारीले गर्न नसकेका कामहरू सफलतापूर्वक सम्पन्न गरेको भन्दै वनको सामाजिक उत्तरदायित्व प्रशंसनीय रहेको बताउनुभयो । उहाँले आगामी दिनमा वन कार्यालयले सामुदायिक वनसँग अझ नजिक भएर काम गर्ने, रोजगारी सिर्जना गर्ने र वन अतिक्रमण रोक्न सबैले हातेमालो गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । साथै, प्रति हेक्टर ९०० का दरले प्राप्त हुने कार्बन उत्सर्जन रकम सामुदायिक वनहरूले विभिन्न कार्यक्रम सञ्चालनमा उपयोग गर्न सक्ने जानकारी पनि दिनुभयो । यस्तै वडा नम्बर ६ का वडा अध्यक्ष हिमलाल शर्मा चापागाई, वडा नम्बर १ का वडाध्यक्ष मनबहादुर थापा, सामुदायिक वन उपभोक्ता महासङ्घ केन्द्रीय सदस्य टिचन गुरुङ, सब डिभिजन वन कार्यालयका सिनियर वन अधिकृत मरिच कुमार लामा, सामुदायिक वन जिल्ला महासङ्घका अध्यक्ष शारदा पोखरेल, कार्यपालिका सदस्य सीता तिमिल्सिना, जनसेवा माविका अध्यक्ष लेखनाथ न्यौपाने, महलपोखरी सामुदायिक वनभोक्ता समूहका अध्यक्ष छन्नुप्रसाद श्रेष्ठ, संस्थापक अध्यक्ष रुद्रनाथ लामिछाने लगायतले विशेष सामुदायिक वनभोक्ताले गरेका कामहरूको प्रशंसा गर्नुभएको थियो । सभामा समूहका अध्यक्ष गंगाप्रसाद घिमिरेले अध्यक्षको प्रतिवेदन, कोषाध्यक्षको प्रतिवेदन कोषाध्यक्ष सिता कुंवरले प्रस्तुत गर्नुभएको थियो । आर्थिक वर्ष ०८१/०८२ मा समूहले रु. ९६ लाख ६७ हजार ७ सय ६ आम्दानी र रु. ८८ लाख ६३ हजार ६ सय ५ खर्च गरेको तथा बैंक मौज्दात रु. ८ लाख ५ हजार १ सय १ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ । समूह भित्र रहेका उपभोक्ता समूहका उत्कृष्ट उद्यमी र व्यवसायीलाई सम्मान गरिएको कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष टेकप्रसाद न्यौपानेको रहेको थियो भने संचालन सचिव रुपा पाठकले गर्नुभएको थियो । विशासय सामुदायिक वन सन् २०५४ सालमा स्थापित भएको हो । यस वनको कुल क्षेत्रफल ६१४.२९ हेक्टर रहेको छ भने उपभोक्ता घरधुरी संख्या १ हजार ४ सय ५४ र कुल जनसंख्या ७ हजार ४ सय ७७ रहेको छ । यसको कार्यक्षेत्र सुनवल नगरपालिका–१, ४, ६ तथा रामग्राम नगरपालिका–१, २, ३ र पाल्हिनन्दन गाउँपालिका–३ सम्म फैलिएको छ । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।