आरपि उपाध्याय / नवलपरासी ,२ कार्तिक पश्चिम नवलपरासी प्रतापपुर गाउँपालिकाको कर्मचारी कटौती विषयमा केन्द्रित रहि पत्रकार सम्मेलन सम्पन्न भएको छ। प्रतापपुर गाउँपालिका कार्यालयको वर्तमान अवस्था र स्वीकृत दरबन्दी भन्दा बाहेकका कर्मचारीहरुको सेवा निरन्तरता नहुने निर्णयको कार्यान्वयन प्रक्रियाले गाउँपालिकामा पर्ने प्रभाव र सेवा वाहकको अवस्था प्रशासनिक व्यवस्थापन जटिलता लगायतका विषय पत्रकार सम्मेलनमा केन्द्रित रहेको थियो। पत्रकार सम्मेलनमा गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले भूगोल र जनसंख्याको हिसाबले जिल्लाको ठूलो पालिका प्रतापपुर रहेको बताउदै पालिकामा १ करोड २५ लाखको आन्तरिक स्रोत रहेको बताउदै स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी भएको ठाउँमा कर्मचारी हटाइएको जानकारी दिदै अध्यक्ष यादवले शिक्षा,स्वास्थ्य लगायत शाखा अन्तर्गतका करार कर्मचारी कटौती गरेको र अन्य शाखामा पनि दरबन्दी बाहेकका कर्मचारी कटौती गरिएको जानकारी दिनुभयो। समग्र रुपमा प्रतापपुर गाउँपालिकामा ९२ जना कर्मचारी कटौती गर्ने निर्णय भएको तथा आन्तरिक स्रोत कम भएकोले कर्मचारी कटौती गर्न बाध्य भएको उहाँले बताउनुभयो। यादवले राज्यले दिएको अनुदानबाट कर्मचारी राख्न नपाइने कानुनी निर्देशन भएको पनि प्रष्ट पार्नुभयो। सञ्चारकर्मीद्वारा सोधिएको एक प्रश्नको जवाफ दिदै अध्यक्ष यादवले कर्मचारी कटौती गरेर पर्न गएको असरप्रती पालिका गम्भीर रहेको बताउदै कर्मचारी राख्नै परे स्रोतको सुनिश्चितता गरेर मात्र राखिने जानकारी पनि दिनुभयो। उहाँले एक अर्को प्रश्नको जवाफमा जेनजी आन्दोलनमा प्रतापपुर गाउँपालिकामा ७.५ करोडको क्षति भएको पनि बताउनु भएको थियो। यादवले कर्मचारी कटौती लगायत अन्य महत्वपूर्ण विषयहरुमा निर्णय गर्दा कार्यपालिकाको बैठकद्वारा सर्वसम्मत रुपमै निर्णय गरि कार्यान्वयन गर्दै आएको पनि प्रष्ट पार्नुभयो। पत्रकार सम्मेलनमा प्रमुख प्रशासकीय अधिकृत अनिता बि.क. थारुले पालिकामा रहेको कुल कर्मचारी दरबन्दी र हटाइएको कर्मचारी सङ्ख्या बारे जानकारी गराउनु भयो। सो अवसरमा उपाध्यक्ष मान कुमारी चौधरी,वडा न.९ का वडा अध्यक्ष जयकिसुन चौधरी,कार्यपालिका सदस्य खेमनारायण चौधरी र पालिकाका शाखा प्रमुखहरुको पनि उपस्थिति रहेको थियोे । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।