राष्ट्रिय दैनिक /नवलपरासी,२ कार्तिक सरावल उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष बिरेन्द्र यादवले खेलकुदमा अनुशासन र संयम अपरिहार्य भएको बताएका छन्। मंगलापुरकाे कबड्डी खेलकुद कार्यक्रममा बोल्दै यादवले भने — “खेलकुद जित–हारको मात्र कुरा होइन, यो आपसी मित्रता, सहकार्य र अनुशासनको पाठ हो। त्यसैले संयमपूर्वक खेल्नु र खेलभावनासहित प्रतिस्पर्धा गर्नु जरुरी छ।” उहाँले खेलकुदले युवामा सकारात्मक सोच, आत्मबल र सामुदायिक एकता बढाउने बताए। यादवका अनुसार खेलकुदले शारीरिक तन्दुरुस्ती मात्र होइन, मानसिक सन्तुलन र सामाजिक सम्बन्ध सुदृढ पार्ने महत्वपूर्ण भूमिका खेल्छ। त्यस्तै उहाँले स्थानीय स्तरमा खेलकुदका संरचना, मैदान र क्लबहरूको विकासमा उद्योगी–व्यवसायीहरूले पनि सहयोग गर्नुपर्ने सुझाव दिए। कार्यक्रममा स्थानीय युवाहरू, खेलकर्मी, संघ–संस्थाका पदाधिकारी र समाजसेवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।