राष्ट्रिय दैनिक / नवलपरासी ,२ कार्तिक । पूर्वमन्त्री देवेन्द्रराज कण्डेलले युवाहरूलाई खेलकुदको माध्यमबाट राष्ट्र विकास र आत्मनिर्भर जीवनतर्फ उन्मुख हुन आह्वान गरेका छन्। मंगलापुरकाे कबड्डी प्रतियोगिता उदघाटन कार्यक्रममा बोल्दै कण्डेलले भने —“खेलकुद केवल मनोरञ्जन होइन, यो अनुशासन, लगनशीलता र जीवनमा सफलता हासिल गर्ने माध्यम हो। खेलकुदको माध्यमबाट हरेक व्यक्ति र राष्ट्र अगाडि बढ्न सक्छ।” उहाँले खेलकुदले युवाहरूमा सकारात्मक सोच, आत्मविश्वास र राष्ट्रिय एकताको भावना विकास गर्ने बताए। कण्डेलले स्थानीय सरकार र निजी क्षेत्रले खेलकुदका संरचना निर्माण तथा प्रतिभा पहिचानमा जोड दिनुपर्नेमा पनि बल दिए। पूर्वमन्त्री कण्डेलले भने —“देशका हरेक विद्यालय र गाउँमा खेलमैदान, खेल क्लब र नियमित प्रतियोगिता हुनु जरुरी छ। यिनै माध्यमले भविष्यका राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडी जन्मन्छन्।” कार्यक्रममा स्थानीय जनप्रतिनिधि, खेल प्रशिक्षक, विद्यार्थी तथा युवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।