राष्ट्रिय दैनिक / नवलपरासी ,१ कार्तिक आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रगतिकाे मूल्याङ्कनमा सरावल गाउँपालिका आयुर्वेद शाखालाई प्रथम स्थान प्राप्त शाखा घोषणा गर्दै नवलपरासी आयुर्वेद स्वास्थ्य केन्द्रले प्रशंसा–पत्र प्रदान गरेको छ। नवलपरासी (ब.सु.प.) जिल्लाभित्रका विभिन्न स्थानीय तहमा रहेका आयुर्वेद स्वास्थ्य संस्थाहरूको प्रगति, सेवा–प्रवाह, औषधि वितरण, जनजागरण कार्यक्रम र प्रशासनिक व्यवस्थापनका आधारमा गरिएको मूल्याङ्कनमा सरावल आयुर्वेद शाखा उत्कृष्ट ठहरिएको हो। कार्यक्रममा स्वास्थ्य निर्देशनालय नवलपरासीका वरिष्ठ कविराज निरीक्षक नरहरी अर्यालले सरावल आयुर्वेद शाखालाई सम्मान गर्दै निरन्तर प्रभावकारी सेवा र सामुदायिक स्वास्थ्य प्रवर्द्धनमा पुर्याएको योगदानप्रति बधाई तथा प्रशंसा व्यक्त गरे। उनीले भने, “आयुर्वेद स्वास्थ्य सेवामा सरावलको समर्पणले उदाहरण प्रस्तुत गरेको छ, आगामी दिनमा अझ उत्कृष्ट कार्यको अपेक्षा गर्दछौं।” कार्यक्रममा बर्दघाट नगरपालिका प्रमुख शम्भुलाल श्रेष्ठ प्रमुख अतिथि तथा डा. अर्चना शुक्ला, कार्यालय प्रमुख एवं आयुर्वेद चिकित्सक, विशेष अतिथि रहनुभएको थियो। कार्यक्रम असोज ३१ गते नवलपरासीमा सम्पन्न भएको हो। समारोहका क्रममा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरी र आयुर्वेद शाखा सरावलकाे प्रमुख सन्ताेष काेहारलाई प्रशंसा–पत्र प्रदान गरिएको थियो। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।