सुनवल लघु उधमी बचत तथा ऋण सहकारी सस्थाको १६ औँ वार्षिक साधारण सभा सम्पन्न

अमृता सुनार/नवलपरासी ,१ कार्तिक

सुनवल लघु उधमी बचत तथा ऋण सहकारी सस्थाको १६ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । सस्थाका कार्यबाहक अध्यक्ष देव बहादुर छेत्रीको अध्यक्षता तथा जिल्ला सहकारी संघ नवलपरासीका अध्यक्ष बिष्णु प्रसाद पौडेलको प्रमुख आतिथ्यतामा एबम सुनवल नगरपालिका वडा नं १ का अध्यक्ष मन बहादुर थापा मगरको बिशिस्ट आतिथ्य सम्पन्न भएको हो ।

कार्यक्रममा अध्यक्षको प्रगति प्रतिबेदन सस्थाका कार्यबाहक अध्यक्ष देव बहादुर क्षेत्रीले प्रस्तुत गर्नुभएको थियो भने सस्थाको सांगठनिक प्रतिबेदन सस्थाका सचिब हिमलाल पराजुलीले प्रस्तुत गर्नुभएको थियो ।

आर्थिक प्रतिबेदन सस्थाको कोषाध्यक्ष धन माया भुसालले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिबेदनमा सस्थाको कुल सम्पत्ति रु .४ करोड ९६ लाख १९ हजार ६५ रुपैया रहेको सस्थाको कुल शेयर पूंजी रु. ५७ लाख ३७ हजार रहेको र आर्थिक बर्ष ०८१/०८२ को कुल नाफा रु ११ लाख १५ हजार ५ सय रहेको कोषाध्यक्षको प्रतिबेदनमा प्रस्तुत भएको थियो । सस्थाको लेखा प्रतिबेदन सस्थाको लेखा संयोजक राधा कुमारी भुसालले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा २ जना राष्ट्रिय काराते खेलाडी, १ जना एसईईमा ३.७५ जिपिए प्राप्त गर्ने विद्यार्थी र ४ जना ६५ बर्ष भन्दा माथी उमेर भएका शेयर सदस्यहरुलाई सम्मान गरिएको थियोे ।

कार्यक्रममा प्रमुख अतिथि पौडेलले सहकारीले उत्पादन मुलक कार्यमा लगानी गर्नुपर्नेमा जोड दिदै अहिले सरकारले सहकारीलाई नियमन गर्नुको निम्ति छुट्टै सहकारी प्राधिकरणको निर्माण गरेको बताउनु भयो ।

कार्यक्रममा सुनवल नगरपालिका वडा नं १ का वडा अध्यक्ष मन बहादुर थापा मगर, जनकल्याण बहुउद्देश्यीय सहकारी सस्थाका अध्यक्ष दयाराम भण्डारी, सुनवल सामुदायिक सहकारी सस्थाका अध्यक्ष गोबिन्द प्रसाद ढकाल, युद्ध जङ्ग जिसी लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

सस्थाका सदस्य राम प्रसाद सुबेदिको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन सस्थाका सचिव हिमलाल पराजुलीले गर्नुभएको थियो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot