मुलपानी सामुदायिक वन उपभोक्ता समूह सुनवलको १२ औँ वार्षिक साधारण सभा सम्पन्न

अमृता सुनार/नवलपरासी ,२९ असोज

मुलपानी सामुदायिक वन उपभोक्ता समूह सुनवलको १२ औ वार्षिक साधारण सभा सुनवल ४ दामोदरकुण्डमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष यज्ञ प्रसाद पाण्डेको अध्यक्षता एवम लुम्बिनी प्रदेश सभा सदस्य खड्ग बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि बस्नेतले मुलपानी बनले समाज परिवर्तन गरेका कार्यहरु उत्साहजनक रहेको बताउदै सामाजिक शैक्षिक र आर्थिक क्षेत्रमा थप लगानी सहित त्यसलाई निरन्तरता दिन आग्रह गर्नुभयो । उहाले हरियो बन नेपालको धन भने पनि वनले समाजमा कसरी समृद्धि ल्याउछ भन्ने कुरा अझै सम्बन्धीत निकायको ध्यान नगएको र त्यसका लागी कुन ऐन र कार्यविधि परिमार्जन गर्नुपर्ने हो त्यसमा ध्यान दिन जरुरी रहेको बताउनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि लुम्बिनी प्रदेश वन निर्देशक प्रभात सापकोटाले सामुदायिक वन र सरकार बिच बाझिइएका कानुन सुधारका प्रयासमा रहेको र आपसी समझदारीमा ऐन कानुन निमार्ण गरिने बताउनुभयो ।

यस्तै कार्यक्रमका अध्यक्ष पाण्डेले संघीय वन नियमावली २०७९ मा राष्ट्रिय वनको व्यवस्थापन गर्दा सामुदायिक सहभागिता सहितको निर्णय र सुशासनमा आधारित रहि वन संम्पदाको दिगो व्यवस्थापन स्थानिय उपभोक्ता बाट गर्ने भन्ने संघिय तथा प्रदेश सरकारको निति अनुरुप वनलाई व्यवस्थापन गर्दै आइरहेको बताउनुभयो ।

उहाले वन व्यवस्थापन मार्फत वनको हैसियतमा सुधार गरी आर्थिक सामाजिक तथा वातावरणीय लाभ प्राप्त गर्न, वन पैदावरको सहज उत्पादन र आपूर्ति सहित गरिबी निवारणमा टेवा पुर्याउन, कार्वन व्यापारको लागी आधार तयार पार्न र वन क्षेत्रमा सुशासन अभिवद्धि गर्न वितरण प्रणाली र सुलभ र न्यायोचित गराउन आफुहरु लागी परेको बताउनुभयो ।

संस्थाका उपाध्यक्ष प्रभुलाल मौर्यको स्वागत मन्तव्य रहेको कार्यक्रममा कोषाध्यक्ष अवधेश कुमार यादवले आर्थिक वर्ष २०८१/०८२ मा २ कारोड ४१ लाख १० हजार ४ सय १६ बराबरको आयव्यय प्रस्तुत गर्नुभएको थियो । संस्थाका सचिव समिक्षा बलाल सिजांपतिले सचिवको प्रतिवेदन र लेखा प्रतिवेदन लेखा सदस्य सरोज श्रेष्ठले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा वैज्ञानिक वन उपभोक्ता राष्ट्रिय महासंघ प्रदेश महासचिव होम बहादुर गुरुङ्ग, सुनवल नगरउपप्रमख सुर्य प्रसाद दुवे,महाकवि देवकोटा क्याम्पसका अध्यक्ष कृष्ण प्रसाद लामिछाने, डिभिजन वन प्रमुख राजु केसी, उपभोक्ता सुरेश यादव र छात्रावृत्ति प्रदान गरिएका छात्र खेमराज पौडेल लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कुल ३ सय २९ हेक्टर क्षेत्रफलमा फैलिएको वन २०७१ असोज ८ गते जिल्ला वन बाट हस्तान्तरण भई २०७४ देखि वैज्ञानिक वन व्यवस्थापन भएको हो । सुनवल नगरपालिका वडा नं ४,३,२,१ रामग्राम ४ र पाल्हीनदन १ नं वडा कार्यक्षेत्र रहेको वनको उपभोक्ता घरधुरी संख्या ६ सय २७ रहेको छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot