पर्सामा श्रोत नखुलेको रकम सहित १जना गरि जुवाखालबाट जुवा खेल्ने तीन जना पक्राऊ

वीरगन्ज । पर्सा प्रहरीले श्रोत नखुलेको रकमसहित एकजना युवकलाई पक्राउ गरेको छ।

वीरगञ्ज महानगरपालिका वडा नं.१६ का १९ वर्षीय किशन यादवलाई पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा आइतबार पर्साको वीरगञ्ज महानगरपालिका वडा नं.१० आदर्शनगर नबिल बैंक अगाडि सडकखण्डमा संकास्पद रूपमा हिंडिरहेको अवस्थामा यादवलाई रोकी खानतलासी गर्दा  सेतो जिन्स पाइन्टको खल्तीबाट नेपाली रू.५०० दरका नोट ८६८ थान जम्मा रू.४ लाख ३४ हजार फेला पारी नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिएका छन् । उनी विरुद्ध मुलुकी अपराध संहिता,२०७४ को दफा १२५ को (क) बमोजिम (हुण्डी सम्बन्धी कारोबार गर्न नहुने) कसूरमा पर्सा जिल्ला अदालतबाट अनुसन्धान गर्न पाँच दिनको म्याद थप गराई अनुसन्धान भइरहेको डिएसपी लम्सालले जानकारी दिए ।

त्यसैगरी  प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ३ जनालाई पक्राउ गरेको छ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २०को रोहित रौनियार सो वडाको शयामबाबु राय र वडा नम्बर १५ का अन्नत कुमार गुप्तालाई वडा नम्बर १६ फुलवारी टोलमा रोशन रौनियारले संचालन गरेको होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले रौनियार सहित ३ जनालाई शनिबार पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले जुवा खालबाट ५० हजार ७ सय ७५ रुपैयाँ सहित ३ जनालाई पक्राउ गरि थप अनुसन्धान भईरहके पर्सा प्रहरीका प्रबक्ता एवम प्रहरी उपरीक्षक लम्सालले बताए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
error: Content is protected !!