गोबरहिया सहकारीको पाँच वर्ष : आर्थिक सबलतासँगै सामाजिक उत्तरदायित्वमा पनि सक्रिय सहकारी

राष्ट्रिय दैनिक / नवलपरासी ,२४ असाेज

पश्चिम नवलपरासीकाे सरावल गाउँपालिका–४ गोबरहियामा गोबरहिया कृषि सहकारी संस्था लिमिटेडले आफ्नो पाँचौं वार्षिक साधारणसभाको अवसरमा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ।

सहकारीका अध्यक्ष सुरेश प्रसाद चौधरीको नेतृत्वमा सरसफाइ अभियान सञ्चालन गरिएको हो। कार्यक्रममा सरावल गाउँपालिकाका अध्यक्ष सुखाडी प्रसाद चौधरी, इलाका प्रहरी कार्यालय गोबरहियाका प्रहरी , सहकारीका कार्यसमिति सदस्यहरू, शेयर सदस्यहरू तथा स्थानीय बासिन्दाहरू सहभागी थिए।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीले सहकारीको सामाजिक उत्तरदायित्वको प्रतिबद्धता प्रशंसनीय रहेको बताउँदै यस्तो कार्यक्रमले गाउँमा स्वच्छता र स्वास्थ्यप्रति चेतना जगाउने विश्वास व्यक्त गरे।
उनले भने, “सहकारी संस्था केवल आर्थिक क्रियाकलापमा सीमित नहुने, सामाजिक जिम्मेवारीमा पनि अग्रणी बन्नुपर्ने आजको आवश्यकता हो।”

त्यसैगरी सहकारीका अध्यक्ष सुरेश प्रसाद चौधरीले हरेक वर्षको साधारणसभामा सामाजिक उत्तरदायित्वअन्तर्गत कुनै न कुनै सामुदायिक अभियान सञ्चालन गर्दै आएको जानकारी दिए।
उनका अनुसार, “यो वर्ष हामीले सरसफाइ अभियानलाई प्राथमिकता दिएका छौं, किनभने सफा गाउँ, स्वस्थ गाउँ हाम्रो साझा अभियान हो।”

कार्यक्रम अन्तर्गत गोबरहिया कोटही मन्दिरदेखि गाउँको मुख्य चोक र इलाका प्रहरी कार्यालय परिसरसम्म सरसफाइ गरिएको थियो।

स्थानियवासीहरूका अनुसार यस किसिमका गतिविधिले गाउँमा एकता र सहयोगको भावना बढाउँछ र सामुदायिक स्वच्छतामा दिगो प्रभाव पार्ने विश्वास व्यक्त गरेका छन्।

कार्यक्रममा सुरक्षाकर्मी, सहकारी सदस्य सहकारीका सचिव, कोषाध्यक्ष, सल्लाहकार ,टोलका प्रतिनिधिहरू र स्थानीय युवा स्वयंसेवकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot