सरावल–३ मा बालमैत्री स्थानीय शासन घोषणाको तयारी, अभिमुखीकरणमार्फत सामूहिक प्रतिबद्धता

राष्ट्रिय दैनिक / नवलपरासी ,२३ असोज

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नं. ३, सरावलमा वडा स्तरीय सरोकारवालाहरूलाई लक्षित गर्दै बालमैत्री स्थानीय शासन (CFLG) सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ।

सरावल गाउँपालिकाको आयोजनामा गाउँपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष फिरंगी चौधरीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीको प्रमुख आतिथ्य रहेको थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले बालमैत्री शासन स्थापनाका लागि स्थानीय तह, अभिभावक, विद्यालय र समुदाय सबैको साझा जिम्मेवारी रहने उल्लेख गर्दै बालबालिकाको हक अधिकार सुनिश्चित गर्न गाउँपालिका प्रतिबद्ध रहेको बताए।

सो अवसरमा उपाध्यक्ष बासमती हरिजन, लेखा अधिकृत नारायण पाण्डेय, सरावल उद्योग वाणिज्य संघका अध्यक्ष सुसान्त शर्मा घिमिरे, सरावल प्रेस क्लबका अध्यक्ष उमेश बि.क. लगायतले समेत बाल अधिकार र स्थानीय शासन सुदृढीकरणमा बल दिनुपर्ने धारणा राखेका थिए।

कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, स्वयंसेविका, अभिभावक, बालबालिका, शिक्षक, स्वास्थ्यकर्मी, प्रहरी, र संघ–संस्था प्रतिनिधिहरू गरी ५५ जना सहभागी थिए।

कार्यक्रमको सहजीकरण बालमैत्री राष्ट्रिय सहजकर्ता शर्मिला पौडेलले गर्नुभएको थियो। कार्यक्रममा सरावल गाउँपालिका वडा नं. ३ लाई वि.सं. २०८३ असार १५ भित्र बालमैत्री स्थानीय शासन घोषणा गर्ने प्रतिबद्धता सहभागीहरूले सामूहिक रूपमा जनाएका छन्।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot