देवदह मेडिकल कलेजद्वारा त्रिवेणीधामसम्म साप्ताहिक बस सेवा सुरु

आरपि उपाध्याय / नवलपुर ,२३ असाेज

देवदह मेडिकल कलेज भलुही रुपन्देहीले पुर्वी नवलपरासीको त्रिवेणी धामसम्म साप्ताहिक रुपमा बस सेवा सञ्चालन कार्य विहीबारदेखि शुभारम्भ गरेको छ।

विनयी त्रिवेणी गाउँपालिका वडा न.६ र ७ का बिरामीहरुलाई लक्षित गरि बस सेवा सञ्चालन गरिएको हो।
बस सेवा सञ्चालन कार्यक्रमको शुभारम्भ गर्दै विनयी त्रिवेणी गाउँपालिका वडा न.६ का वडा अध्यक्ष नुरेन्द्र शाहले त्रिवेणी र आसपासका क्षेत्रका बिरामीहरुलाई मेडिकल कलेजसम्म आवतजावत गर्न बस सेवा शुभारम्भ कार्यले नागरिकहरुलाई विशेषज्ञ स्वास्थ्य सेवा पाउनु सराहनीय रहेको बताउदै यस्तो कार्यप्रती वडा बासीको तर्फबाट कृतज्ञता पनि ज्ञापन गर्नुभयो।

सो अवसरमा देवदह मेडिकल कलेज भलुहीका जनसम्पर्क अधिकृत मुक्ती काफ्लेले विनयी त्रिवेणी वडा न.६ र ७ का जनताहरुको माग बमोजिम लामो समयदेखि बन्द बस सेवालाई पुनः सुचारु गर्न पाउनु मेडिकल कलेजको नागरिक सेवा प्रती जिम्मेवारी बढेको पनि जिकिर गर्नुभयो।
साप्ताहिक रुपमा सुरु भएको बस सेवाले विनयी त्रिवेणी वडा न.६ र ७, सुस्ता गाउँपालिकाको वडा न.१,२,३ तथा प्रतापपुर गाउँपालिका का केही वडाका बिरामीहरु पनि लाभान्वित हुने बताइएको छ।

बस सेवा सञ्चालन कार्यमा जनप्रतिनिधि,असल शासन क्लबका प्रतिनिधि,मेडिकल कलेजका फिल्ड अधिकृत अमृत पाण्डे,यातायात विभाग प्रमुख प्रेम खरेल सहित केही स्थानीयहरुको पनि उपस्थिति रहेको थियो।
देवदह मेडिकल कलेज भलुहीले यस पुर्व नवलपरासीको सुस्ता,प्रतापपुर र त्रिवेणी गाउँपालिकामा पनि एक दिने नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरिसकेको जानकारीमा आएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot