खाँदबारी नगरपालिकाले २९ करार कर्मचारीको सेवा रद्द गर्‍यो

संखुवासभा ,२२ असाेज

संखुवासभा सदरमुकामस्थित खाँदबारी नगरपालिकाले करारमा कार्यरत २९ जना कर्मचारीको सेवा सम्झौता रद्द गरेको छ।

नगर प्रमुख महेश थपलिया र प्रमुख प्रशासकीय अधिकृत पदमप्रसाद बजगाईँले बुधबार सूचना जारी गर्दै आगामी १ कात्तिकदेखि लागू हुने गरी दैनिक ज्यालादारी २९ जना कर्मचारीको नियुक्ति तथा करार सम्झौता खारेज गरिएको जानकारी दिएका छन्।

मेयर थपलियाका अनुसार, करार र दैनिक ज्यालादारी सेवामा कार्यरत १३ जना कर्मचारी र १६ जना झोलुङ्गे पुल हेरालुको सेवा सम्झौता रद्द गरिएको हो।

उनका अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्वीकृत दरबन्दीबाहेक नगरपालिकाले आन्तरिक रूपमा नियुक्त गरेका अस्थायी र करार कर्मचारीको सम्झौता रद्द गर्ने निर्णय नगरपालिकाले गरेको हो।

मन्त्रिपरिषद्को ५ असोजको बैठकले स्वीकृत दरबन्दीबाहेक अस्थायी वा करार कर्मचारी राख्न नपाउने निर्णय गरेको थियो। त्यसपछि मन्त्रालयले पत्राचार गर्दै प्रदेश र स्थानीय तहमा यस्तो नियुक्ति तत्काल रोक्न निर्देशन जारी गरेको थियो।

खाँदबारी नगरपालिकामा पछिल्लो समय नगरको आन्तरिक स्रोत नपुग्ने गरी दैनिक ज्यालादारी कर्मचारी नियुक्त गरेको भन्दै स्थानीय युवाहरूले आलोचना गर्दै आएका थिए।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot