राष्ट्रिय दैनिक / नवलपरासी ,२२ असाेज पश्चिम नवलपरासीको सरावल गाउँपालिका–७ बरगदवामा मंगलबार राति भएको आगलागीमा एक भैँसीको मृत्यु भएको छ भने दुई भैँसी घाइते भएका छन्। वडा अध्यक्ष ह्यात खाँ धुनियाका अनुसार स्थानीय उमा केवटको गोठमा राति करिब ९ बजे किरा भगाउन बालिएको आगो सल्किँदा दुर्घटना भएको हो। अचानक फैलिएको आगोले गोठ पूर्ण रूपमा जलेको छ। आगलागीका कारण गोठभित्र रहेका तीनवटामध्ये एक भैँसीको घटनास्थलमै मृत्यु भएको छ भने अर्को गम्भीर र तेस्रो सामान्य घाइते भएकाे छ। घाइते भैँसीहरूको उपचार भइरहेको वडा अध्यक्ष धुनियाले बताउनुभयो। प्रारम्भिक अनुमान अनुसार आगलागीबाट करीब दुई लाख रुपैयाँ बराबरको क्षति भएको छ। आगलागीबाट किसान उमा केवटलाई ठूलो पीडा पुगेको छ। उनले पालनपोषणका लागि तयार पारेको गोठ र चौपाया जलेपछि परिवार आर्थिक तथा मानसिक रूपमा प्रभावित भएको बताइएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।