काठमाडौँ,२२ असाेज । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचन तयारीबारे छलफल गर्न निर्वाचन आयोगले असोज ३० गते राजनीतिक दलहरूलाई बैठकमा बोलाएको छ। आयोगका आयुक्त डा. जानकीकुमारी तुलाधरका अनुसार, आयोगले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरू र गत निर्वाचनमा कम्तीमा एक वडा सदस्यसम्म विजयी भएका दलहरूलाई छलफलमा सहभागी हुन पत्राचार गरेको छ। मुख्य दलहरूलाई आधिकारिक निमन्त्रणा आयोगले छलफलका लागि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका प्रमुख दलहरूलाई निमन्त्रणा पठाएको जनाएको छ। आयोगले यस छलफलमा आगामी निर्वाचनको कार्यतालिका, व्यवस्थापन, आचारसंहिता र निर्वाचन तयारीका चरणहरूबारे सुझाव लिनेदेखि सहमति निर्माणसम्मका विषय उठाउने तयारी गरेको छ। २० गतेको कार्यतालिका आन्तरिक योजना मात्र आयुक्त तुलाधरका अनुसार, आयोगले असोज २० गते सार्वजनिक गरेको निर्वाचन कार्यतालिका आयोगको आन्तरिक तयारीका लागि मात्रै भएको हो। उनका अनुसार, वास्तविक निर्वाचन कार्यक्रम र औपचारिक निर्णय राजनीतिक दलहरूसँगको छलफलपछि मात्रै तय गरिनेछ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।