राष्ट्रिय दैनिक / काठमाडौ ,२२ असाेज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको लिचीघारी जग्गासँग सम्बन्धित घुस प्रकरणमा संलग्न सातजनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। मुद्दामा संलग्न व्यक्तिहरूमा तत्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र पूर्व भूमिसुधारमन्त्री रञ्जिता श्रेष्ठ समेत रहेका छन्। अख्तियारले उनीहरूलाई घुस लेनदेनको कसुरमा प्रतिवादी बनाएको हो। सो प्रकरणमा संलग्न सुजन लामा लगायत पाँच जना बिचौलिया पनि मुद्दामा प्रतिवादी बनाइएका छन्। अख्तियारका अनुसार, राजकुमार गुप्तासँग ७८ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ। बिचौलियामार्फत ७८ लाख रुपैयाँ घुसको बार्गेनिङ भएको र त्यसबारे विवादपछि गुप्ताले गत ३१ असोजमा मन्त्री पदबाट राजीनामा दिएका थिए। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।