गाेबरहीयामा गाउँ स्तरीय भलिबल प्रतियोगिता सम्पन्न , उपाधि माकरलाई

राष्ट्रिय दैनिक / नवलपरासी ,१८ असाेज

पश्चिम नवलपरासीको सरावल गाउँपालिका–४, गोबरहीयामा आयोजित गाउँ स्तरीय भलिबल प्रतियोगिता सम्पन्न भएको छ। विजया दशमीको अवसरमा उदय सामुदायिक विकास प्रतिष्ठानको आयोजनामा सम्पन्न प्रतियोगितामा २६ क्लबहरूको सहभागिता रहेको थियो।

क्लब अध्यक्ष मनोज चौधरीको अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चौधरीको प्रमुख आतिथ्यतामा खेलकुद सम्पन्न भएको हो।

समापन समारोहलाई सम्बोधन गर्दै पालिका अध्यक्ष चौधरीले खेलकुदले युवालाई अनुशासित, स्वस्थ र जिम्मेवार बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने उल्लेख गर्दै खेलमैत्री पालिका निर्माणका लागि आवश्यक सहयोग र सुविधा उपलब्ध गराइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

प्रतियोगितामा पालिका उपाध्यक्ष बासमती हरिजन, मदन भण्डारी फाउन्डेसन नवलपरासीका अध्यक्ष श्याम बस्याल, समाजसेवी छेदी प्रसाद चौधरी, समाजसेवी रोहित गौडल ,शिक्षक इन्द्रबहादुर चाैधरी लगाएतको उपस्थिति रहेको थियो।

प्रतियोगितामा प्रथम माकर, द्वितृय बन्जरीया र तृतीय सुर्यपुरा भएको हाे। प्रथम हुने टिमलाई १५ हजार , मेडल र प्रमाणपत्र प्रदान गरियो । त्यस्तै द्वितृय हुने समुहलाई १० हजार , मेडल र प्रमाणपत्र तथा तृतीय हुने समुहलाई ५ हजार मेडल ,प्रमाणपत्र प्रदान गरिएको हाे।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot