गायिका नर्वदा लकान्द्रीको नयाँ गीत ‘सोल्टिनी कताको’ सार्वजनिक

बिक नर बहादुर  / काठमाडौं , १५ असाेज

लामो समयदेखि नेपाली गीत–सङ्गीत क्षेत्रमा सक्रिय रहिएकी चर्चित गायिका नर्वदा लकान्द्रीको नवीनतम गीत ‘सोल्टिनी कताको’ सार्वजनिक भएको छ। करिब ९ मिनेट ३५ सेकेन्ड लामो यो गीत नर्वदा लकान्द्रीकै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीतमा उनको साथमा गायक प्रकाश गौतमले स्वर दिएका छन् भने शब्द र सङ्गीत पनि गौतमकै सिर्जना हो।

माया–प्रेमको कथामा आधारित यस गीतमा गायिका स्वयंले अभिनय गरेकी छिन्। उनीसँगै आनन्द गुरुङ, युनिशा लकान्द्री र प्रतीक्षा लकान्द्रीले समेत अभिनय गरेर गीतलाई आकर्षक बनाएका छन्। गीतको भिडियोमा मगर समुदायको कला–संस्कृति, पोशाक र नृत्य शैलीलाई सुन्दर ढङ्गले प्रस्तुत गरिएको छ। यसले नेपाली सांगीतिक क्षेत्रमा विविध सांस्कृतिक पहिचानलाई उजागर गर्ने काम गरेको छ।

गायनसँगै अभिनयमा पनि आफूलाई स्थापित गर्न सफल भएकी नर्वदा पछिल्ला दिनमा मोडलिङ क्षेत्रमा समेत सक्रिय हुँदै आएकी छिन्। उनका पछिल्ला अधिकांश गीतहरू श्रोता तथा दर्शकमाझ राम्रै चर्चा बटुलिरहेका छन्।

नर्वदाले करिब ६ वर्षअघि आफ्नाे गायन प्रतिभालाई निखार्न राजधानी काठमाडौं प्रस्थान गरेकी थिइन्। त्यसक्रममा करिब एक वर्ष जापानमा बस्नुपरे पनि उनले संगीतप्रतिको मोह नछाड्दै नेपाल फर्किएर पुनः आफ्नो सांगीतिक यात्रालाई निरन्तरता दिइन्।

उनले लोकप्रिय गायन प्रतियोगिता भ्वाइस अफ नेपालमा पनि सहभागिता जनाएर आफ्नो प्रस्तुति मार्फत संगीतप्रेमीहरूको मन जितेकी थिइन्।

आजसम्म नर्वदाले थुप्रै गीतमा स्वर दिएकी छिन् र उनका अधिकांश गीतहरूले श्रोतामाझ सकारात्मक प्रतिक्रिया पाइरहेका छन्। गायनसँगै अभिनयमार्फत पनि योगदान दिइरहेकी उनी नेपाली संगीत क्षेत्रमा निरन्तर चर्चित हुँदै गएकी छिन्।

 

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot