देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं ,१५ असाेज

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायू र स्थानीय वायूको प्रभाव रहेको छ ।

महाशाखाले जारी गरेको बुलेटिनअनुसार बुधबार दिउँसो सबै प्रदेशमा साधारणतया बदली रहने पूर्वानुमान गरिएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा तराई भू-भागसहित मधेश प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका पहाडी तथा तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। साथै, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडका एक-दुई स्थानमा भारी वर्षा पनि हुनसक्ने महाशाखाले जनाएको छ।

त्यस्तै, बुधबार राति पनि सबै प्रदेशमा साधारणतया बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागसहित मधेश प्रदेशका केही स्थानमा तथा अन्य प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा मध्यम वर्षा पर्ने सम्भावना रहेको छ।

महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।

महाशाखाले वर्षासँगै बाढी, पहिरो र सडक अवरोधको जोखिम रहने भन्दै सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot