कँडेलद्वारा दशैं–तिहारको शुभकामना : युवाको बलिदान स्मरण गर्दै दशैंमा औपचारिक कार्यक्रम नगर्ने

राष्ट्रिय दैनिक / नवलपरासी, १४ असोज ।

नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री देवेनन्द्र राज कँडेलले भाद्र २३ र २४ गते भएको “भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्ध” विरुद्धको आन्दोलनमा ज्यान गुमाएका विद्यार्थी, युवा तथा सुरक्षाकर्मीप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

कँडेलले सहादत प्राप्त नेपाल आमाका सुपुत्रहरूलाई सम्झँदै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन् । साथै आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारमा गम्भीर ध्यान दिन सम्बन्धित निकायलाई आग्रह गर्दै शीघ्र स्वास्थ्यलाभको शुभकामना व्यक्त गरेका छन् ।

उनले आन्दोलनका क्रममा सार्वजनिक सम्पदा, ऐतिहासिक स्थल तथा निजी सम्पत्तिमा भएको तोडफोड, आगजनी र लुटपाटप्रति चिन्ता व्यक्त गर्दै शान्तिपूर्ण आन्दोलन नै समाधानको बाटो हुने बताएका छन् ।

यस्तै दशैं, तिहार र छठ पर्वको अवसरमा उनले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई सुख, शान्ति र समृद्धिको मंगलकामना व्यक्त गरेका छन् । बर्तमान विषम परिस्थितिलाई मध्यनजर गर्दै यस वर्ष टीका–जमरा तथा पार्टीगत औपचारिक कार्यक्रम नगर्ने जानकारी समेत उनले दिएका छन् ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot