आरपि उपाध्याय / त्रिवेणी ,१४ असाेज सशस्त्र प्रहरी बल नेपाल त्रिवेणी बिओपी पूर्वी नवलपरासीले गण्डक ब्यारेज नाका र आसपासका क्षेत्रहरुमा जनचेतनामूलक कार्यक्रम सहित सफाइ कार्यक्रम सम्पन्न गरेको छ। सशस्त्र प्रहरी बल नेपाल त्रिवेणी बिओपीले नेपालीहरुको महान पर्व विजयादशमी,शुभ दिपावली,छठ पर्वको अवसरमा नेपाल भारत अन्तर्राष्ट्रिय सिमा मा रहेको गण्डक ब्यारेज पुलको १८ नम्बर ढोकासम्म सफाइ कार्यक्रम सम्पन्न गरेको हो। सफाइ कार्यक्रममा बिओपी प्रमुख सशस्त्र प्रहरी निरीक्षक बिग बहादुर गोले ले सफाइ कार्यक्रमको सुभारम्भ गर्दै सिमावर्ती क्षेत्रमा गरिने सफाइ कार्यक्रमले नेपाल भारत आवतजावत गर्ने यात्रुहरुलाई सफाइ सन्देश पुग्ने विश्वास व्यक्त गर्नुभयो। सफाइ कार्यक्रममा विनयी त्रिवेणी ७ का वडा सदस्य प्रकाश गुरुङ र गण्डक ब्यारेज पुल स्थित व्यापारी वर्गहरुको पनि सहभागिता रहेको थियो। सफाइ कार्यक्रममा सशस्त्र प्रहरी बलका एक दर्जन जनशक्ति र स्थानीय व्यापारी, समाजसेवी गरि कुल दुई दर्जन व्यक्तिहरुबाट सफाइ कार्यक्रम गरिएको एपीएफ त्रिवेणीले जानकारी दिएको छ। सशस्त्र प्रहरी बल नेपाल त्रिवेणीले यस पुर्व पनि विभिन्न चाडपर्वमा जनचेतनामूलक कार्यक्रम सहित सफाइ कार्यक्रम गर्दै आएको समेत जानकारी प्राप्त भएको छ। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।