नेपालले वेस्ट इन्डिजविरुद्ध ऐतिहासिक शृंखला जित्यो

काठमाडौं,१४ असोज ।

नेपाली क्रिकेटले सोमबार अर्को इतिहास रचेको छ । वेस्ट इन्डिजविरुद्धको पहिलो द्विपक्षीय शृंखलामा नेपालले लगातार दोस्रो खेलमा पनि प्रभावशाली जित निकाल्दै एक खेल अगावै शृंखला आफ्नो नाममा गरेको हो ।

शनिबारको खेलमा ऐतिहासिक जित हात पारेको नेपालले सोमबार पनि ब्याटिङ, बलिङ र फिल्डिङ तीनै विभागमा उत्कृष्ट प्रदर्शन गर्दै ९० रनको फराकिलो जित दर्ता गर्‍यो । यससँगै नेपालले टेस्ट राष्ट्रलाई हराएर मात्र होइन, द्विपक्षीय शृंखला जित्ने अभूतपूर्व उपलब्धि समेत हासिल गर्‍यो ।

फिल्डिङमा देखिएको नेपालले विपक्षीलाई नै चकित पार्‍यो । मैदानमा देखिएको जोशले विश्वभरका समर्थकमाझ नयाँ उर्जा भरेको थियो ।

कप्तान रोहित पौडेलले शृंखला जित्न पाउँदा अत्यन्त खुसी लागेको बताए । उनले भने, “२ दिनमै शृंखला जित्न पाउँदा धेरै खुसी लागेको छ । यो हाम्रो लागि मात्र होइन, विश्वलाई देखाउनुपर्ने अवसर पनि थियो । पछिल्ला वर्षमा राम्रो गर्दै आएका छौं, अझै उत्कृष्ट हुँदै जानेछ भन्ने विश्वास छ ।”

दुई खेल सकिँदा वेस्ट इन्डिज नेपालअगाडि निरिह देखिएको छ । अब तेस्रो तथा अन्तिम खेलमा उनीहरू क्लिनस्वीपबाट जोगिने दबाबमा रहनेछन् ।

यस शृंखलामा नेपालले दुई ऐतिहासिक उपलब्धि हासिल गरेको छ—आईसीसीको पूर्ण सदस्य राष्ट्रलाई हराउने र पहिलो पटक द्विपक्षीय शृंखला आफ्नो नाममा गर्ने ।

नेपाल क्रिकेटका लागि यो उपलब्धि भविष्यमा अझै ठूलो सफलता हासिल गर्ने प्रेरणा बन्ने निश्चित छ ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot