बिनोद निगम / नवलपरासी ,१३ असोज जेन्जी आन्दोलनको क्रममा देशभरका विभिन्न कारागारबाट कैदीबन्दीहरू फरार भएपछि पश्चिम नवलपरासी जिल्ला कारागारबाट मात्रै करिब ५०० भन्दा बढी कैदी फरार भएका थिए। जिल्ला प्रशासनको अनुसार केही कैदी स्वेच्छाले फर्किए पनि अझै कैयौं फरार रहेका छन्, जसमा भारतीय नागरिक समेत समावेश छन्। जिल्ला कारागार कार्यालय, पश्चिम नवलपरासीले सोमबार सार्वजनिक सूचना जारी गर्दै भदौ २५ गते फरार भएका कैदीबन्दीलाई असोज २० गते सोमबारभित्र कारागार कार्यालय वा नजिकको प्रहरी कार्यालयमा सम्पर्कमा आउन आग्रह गरेको छ। कार्यालयले तोकिएको मिति भित्र सम्पर्कमा नआएका कैदीमाथि कारागार ऐन, २०७९ र प्रचलित कानुनअनुसार कडा कारवाही हुने चेतावनी दिएको छ। साथै, यस्ता कैदीलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिहरूमाथि समेत कानुनबमोजिम कारवाही हुने स्पष्ट पारेको छ। कारागार प्रशासनले फरार कैदीबन्दीहरूको खोजीमा सहयोग गर्ने परिवार, समुदाय, नागरिक समाज, पत्रकार र व्यवसायीलाई धन्यवाद दिंदै, सहयोगीहरूको पहिचान पूर्ण रूपमा गोप्य राखिने जानकारी दिएको छ। सम्पर्क नम्बरहरू: सहायक प्रमुख जिल्ला अधिकारी: ९८५७०२९१११ जिल्ला प्रहरी कार्यालय: ०७८-५२०१००, १००, ९८५७०९१२००, ९८५७०४६६०३ सशस्त्र प्रहरी बल नेपाल नं.२६ गण हे. क्वा: ९८५१२७२१३५, ९८५७०८५८५६ कारागार प्रशासक: ९८५७०७२७७७ राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।