महाकवि देवकोटा क्याम्पसको १५ औं क्याम्पस सभा सम्पन्न, शैक्षिक विकासमा एकता र योगदानमा जोड

अमृता सुनार / नवलपरासी ,१२ असोज

पश्चिम नवलपरासीको सुनवल नगरपालिका–४ स्थित महाकवि देवकोटा क्याम्पसको १५ औं क्याम्पस सभा शनिवार सम्पन्न भएको छ। सभा क्याम्पस संचालक समितिका अध्यक्ष कृष्ण प्रसाद लामिछानेको अध्यक्षतामा एवं पूर्व गृहराज्यमन्त्री देवेन्द्र राज कण्डेलको प्रमुख आतिथ्यतामा आयोजित गरिएको थियो।

सभामा प्रमुख अतिथि कण्डेलले शैक्षिक क्षेत्रमा सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो। उनले महाकवि देवकोटा क्याम्पसले शैक्षिक विकासमा पुर्याएको योगदानको प्रशंसा गर्दै आगामी दिनमा पनि शिक्षा क्षेत्रमा सकारात्मक भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गर्नुभयो।

कार्यक्रममा क्याम्पस प्रमुख नारायण प्रसाद ढकालले क्याम्पसको आर्थिक, भौतिक र शैक्षिक पक्ष समेटिएको ‘प्रतिवेदन २०८२’ प्रस्तुत गर्नुभयो। अध्यक्ष लामिछानेले अध्यक्ष प्रतिवेदन पेश गर्दै क्याम्पसको सञ्चालन, उपलब्धि र आगामी योजना बारे सभालाई अवगत गराउनुभयो।

सभा कार्यक्रममा सुनवल नगरप्रमुख बिमला अर्याल, उपप्रमुख सुर्य दुवे, प्रदेश सभा सदस्य खड्ग बस्नेत, संस्थापक सल्लाहकार थानप्रसाद गैरे, प्रा. हुमनाथ पाण्डे, देवी घिमिरे, आजीवन सदस्य कृष्णबन्धु अर्याल लगायतले क्याम्पसको शैक्षिक विकास र योगदानप्रति शुभकामना मन्तव्य व्यक्त गर्नुभयो।

कार्यक्रममा क्याम्पस संचालन समिति सदस्य तथा वडा नं ४ का वडाध्यक्ष बालकृष्ण पङ्गेनी ले स्वागत मन्तव्य प्रस्तुत गर्नुभयो भने, सम्पूर्ण कार्यक्रमको संचालन प्रा. हरिदत्त शर्मा ले सफलतापूर्वक गर्नुभयो।

सभामा शिक्षक, कर्मचारी, विद्यार्थी र स्थानीय नागरिकको पनि उपस्थितिले कार्यक्रमलाई सफल बनाएको थियो। कार्यक्रममा शैक्षिक सुधार, पूर्वाधार विकास, विद्यार्थी कल्याण र समग्र शैक्षिक वातावरण सुधारमा सबै पक्षले साझा जिम्मेवारी लिने प्रतिबद्धता दोहोर्याइएको थियो।

क्याम्पस प्रमुख ढकालले आफ्नो भाषणमा आगामी वर्षमा विद्यार्थीहरूको गुणस्तरीय शिक्षामा जोड दिँदै शैक्षिक, सांस्कृतिक र भौतिक पूर्वाधार विकासमा विशेष ध्यान दिने योजना रहेको जानकारी दिनुभयो।

सभाबाट निकालेको निष्कर्षअनुसार महाकवि देवकोटा क्याम्पसले स्थानीय तथा प्रदेश स्तरमा शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यार्थी सशक्तिकरण र समुदायसँगको सहकार्यमा निरन्तर योगदान दिनुपर्ने कुरामा जोड दिइएको छ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot