राजन कुमार बानिया / पर्सा, १२ असोज । पर्साको धोबीनी गाउँपालिकामा चार महिना ढिलो गरी ११ औं गाउँसभा सम्पन्न भएको छ। गाउँसभाले आर्थिक वर्ष २०८२/८३ का लागि ३३ करोड ८८ लाख ८८ हजार ९ सय ८१ रुपैयाँ बराबरको नीति, कार्यक्रम तथा अनुमानित बजेट सर्वसम्मत पारित गरेको हो। उपाध्यक्ष मंजु देवी पटेलको आदेशानुसार प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद खतिवडाले बजेट प्रस्तुत गरेका थिए। गाउँसभाको उद्घाटन गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहानले गरेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष चौहानले स्वास्थ्य, शिक्षा, कृषि, महिला–बालबालिका, पर्यटन तथा भौतिक पूर्वाधार विकासलाई आफ्नो पहिलो प्राथमिकता रहने बताए। उनले राजनीतिक समस्याका कारण गाउँसभा ढिलो भएको स्वीकार्दै अब विकास कार्य र जनताको दैनिक कामकाज छिटो छरितो हुने प्रतिबद्धता जनाए। साथै, विजयादशमीको अवसरमा सम्पूर्ण गाउँबासी र देशबासीलाई शुभकामना पनि दिए। प्रमुख प्रशासकीय अधिकृत खतिवडाले आफूले “इमानदारीपूर्वक काम गर्ने र धोबीनीलाई स्वच्छ, समृद्ध र नमुना गाउँपालिका” बनाउन योगदान दिने प्रतिवद्धता जनाए। गाउँसभामा उपाध्यक्ष पटेल, वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, गाउँसभा सदस्य, विभिन्न शाखा प्रमुख, विद्यालय प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, पत्रकार तथा सुरक्षाकर्मीहरुको सहभागिता रहेको थियो। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।