ईलाका प्रहरी कार्यालय त्रिवेणीद्वारा विजयादशमीको शुभकामना आदानप्रदान

आरपि उपाध्याय / नवलपुर,१२ असाेज

ईलाका प्रहरी कार्यालय त्रिवेणी नवलपुरको आयोजनामा विजयादशमी,शुभ दिपावली, छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम आइतबार सम्पन्न भएको छ।

शुभकामना आदानप्रदान कार्यक्रममा विनयी त्रिवेणी गाउँपालिका वडा न.६ का वडा अध्यक्ष नुरेन्द्र शाहले ईलाका प्रहरी कार्यालय त्रिवेणीले नागरिकको जिउधनको सुरक्षा गर्दै भरपर्दो र विश्वसनीय ढङ्गबाट आफ्नो जिम्मेवारी पूरा गर्दै आएको बताउदै नागरिक र जनप्रतिनिधिहरुको सल्लाह,सुझावलाई सुरक्षा निकायले अक्षरस: पालन गर्नुपर्ने धारणा राख्नुभयो।

सो अवसरमा सञ्चारकर्मी आर.पि. उपाध्यायले सत्य सेवा सुरक्षणमको जिम्मेवारी बोकेको नेपाल प्रहरीले नागरिक संगको सम्बन्धलाई अझ बलियो बनाउदै जानुपर्ने बताउदै समाजमा हुने गैरकानुनी कार्यहरूलाई कडाइका साथ रोकथाम र नियन्त्रण गर्नुपर्ने सुझाव दिनुभयो।

कार्यक्रममा ईलाका प्रहरी कार्यालय त्रिवेणीका प्रमुख वरिष्ठ स.इ. गगन पुरीले उपस्थित आगन्तुकहरुलाई स्वागत गर्दै नागरिक जनप्रतिनिधिहरुबाट प्राप्त सल्लाह, सुझावलाई पूर्ण रुपमा कार्यान्वयन गरिने विचार राख्दै प्रहरी र नागरिक मैत्रीलाई अझ बढी बलियो बनाउदै लैजाने विचार व्यक्त गर्नुभयो।
सो अवसरमा विनयी त्रिवेणी वडा न.६ र ७ का जनप्रतिनिधि,सुरक्षा निकायका प्रतिनिधि, व्यापारी, बुद्धिजीवी र स्थानीय सञ्चारकर्मीहरुको पनि उपस्थित रहेको थियो।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot