नवलपरासी ,१० असोज – क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल जिल्ला समिति नवलपरासीले जेन जेड आन्दोलन पछि सिर्जित राजनीतिक अवस्था र त्यसको निकास बारे शुक्रवार बर्दघाटमा सर्वपक्षीय अन्तरक्रिया सम्पन्न गरेको छ । जिल्लामा क्रियाशिल राजनैतिक दल, मानव अधिकारकमी, कानुन ब्यवसायी, नीजि क्षेत्र,सामाजिक संघसंस्था बीच पार्टीले ‘वर्तमान राजनीतिक अवस्था र निकासको प्रश्न’ बिषयक अन्तरक्रिया गरेको सो पार्टीले जनाएको छ । कार्यक्रममा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका पोलिटब्युरो सदस्य प्रेम सुवेदीले पार्टीका स्थायी समिति सदस्य सन्त बहादुर नेपालीद्वारा प्रस्तुत कार्यपत्र पेश गरेका थिए । पार्टीका पाँच नम्बर ब्युरो ईन्चार्ज समेत रहेका उनले संसदीय व्यवस्था असफल भएकोले त्यसको विकल्प राष्ट्रिय राजनीतिक सम्मेलन, क्रान्तिकारी संयुक्त मोर्चा, देशभक्त, क्रान्तिकारी, जनवादी तथा वामपन्थीहरूको स्वाधीन संयुक्त सरकार र जनसंविधानको निर्माण मात्र गर्नुपर्ने औल्याए । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्र बहादुर थापाले जेनजी आन्दोलन भष्ट्रचारको बिरुद्ध न्यायपुर्ण आन्दोलन रहेकोले जेन जी युवाले गरेका बिद्रोहका बेला भएका घटनाहरुको छानविन केन्द्रको छानविन समितिबाट मात्र हुनुपर्ने बताए । पार्टीका बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेयले पार्टीले शुरु गरेको भष्ट्राचार बिरोधी अभियान सही रहेको भन्दै जेनजी आन्दोलन पछि त्यसको औचित्य झन् पुष्टि हुदैं गएको दावी गरे । कार्यक्रममा क्रान्तिकारी संयुक्त मोर्चा नेपालका जिल्ला संयोजक चुडामणी भण्डारीले जेनजी आन्दोलनले सरकार फेरेको भएपनि ब्यवस्था बदल्नु आवश्यक रहेको विचार राखे । कार्यक्रममा नेपाली काँग्रेसका कार्यबहाक जिल्ला सभापति बिक्रम यादवले नेताहरु खराब भएपनि उनीहरुको नीजि आवास तोड्नु गलत भएको भन्दै भष्ट्राचार बिरोधी जेनजी आन्दोलन केही बर्ष अगाडि नै हुनुपर्ने धारणा राखेका थिए । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका प्रदेश सदस्य तिलक सुवेदी , नेकपा मालेका केन्द्रीय सदस्य तथा जिल्ला सचिव भरत पाण्डे,राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सभापति महेन्द्र सिं ठकुरी, नेकपा(मसाल) जिल्ला प्रवक्ता रेम राना, नेकपा(माओवादी केन्द्र) बर्दघाट नगर अध्यक्ष तेजेन्द्र पुर्जा, विप्लव नेकपाका गणेश कुमार पाठक , राप्रपाका प्रकाश रायमाझी, राष्ट्रिय जनमुक्ति पार्टीका शेर बहादुर थापा, नेकपा माक्र्सवादी पुष्पलालका टोपेन्द्र नेपाल लगायतले जेनजी आन्दोलन र वर्तमान परिस्थितिको निकासका लागि भनाई राखेका थिए । कार्यक्रममा नेपाल बार एशोसिएशन नवलपरासीका अध्यक्ष रामकृष्ण पौडेल, मानव अधिकार तथा शान्ति समाजका जिल्ला सभापति शिव पौडेल, बुद्धिजीवी सोमनाथ अधिकारीले प्रस्तुत कार्यपत्र माथि टिप्पणी गरेका थिए । कार्यक्रममा बर्दघाट प्रेस क्लबका अध्यक्ष कुश्माकर ढकाल, सामाजिक अभियान्ता यमबहादुर थापा, ढुण्डीराज पोखरेलले भनाई राख्दै सुझावहरु पेश गरे । कार्यक्रममा ईन्सेक प्रतिनिधि नारायण पराजुली, बर्दघाट उद्योग बाणिज्य संघका अध्यक्ष लेखनाथ न्यौपाने, पारिजात सामुदायिक वन उपभोक्ता समुहका उपाध्यक्ष राज बहादुर पाण्डे, पार्टीका जिल्ला सल्लाहकार बाबुराम मुसाफिरलगायतको सहभागी थिए । कार्यक्रमको संचालन क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका जिल्ला कार्यालय सदस्य गणेश बहादुर ढकाल र स्वागत अर्का कार्यालय सदस्य दुर्गानारायण चौधरीको रहेको थियो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।