सरावल २ मगरमुडहामा तेस्रो फोर ब्रदर्श कप खुल्ला नकआउट फुटबल प्रतियोगिता शुभारम्भ

राष्ट्रिय दैनिक / नवलपरासी ,७ असाेज

पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर २ मगरमुडहामा तेस्रो फोर ब्रदर्श कप 9 A Side, खुल्ला नकआउट फुटबल प्रतियोगिता शुभारम्भ भएको छ ।


“स्वास्थ्यका लागी खेलकुद राष्ट्रका लागी खेलकुद” मुल नारा सहित फोर ब्रदर्श एफ.सी काे आयाेजनामा क्लबका अध्यक्ष राेहित कुमार चाैधरीकाे अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष सुखाडी प्रसाद चाैधरीकाे प्रमुख आतिथ्यतामा खेलकुद उदघाटन भएको हाे ।

फुटबल प्रतियोगिता उदघाटन गर्दै पालिका अध्यक्ष चाैधरीले खेलकुद केवल मनाेरजन मात्र नभएर अनुशासन , समाजिक एकता र सहकार्य सिकाउने माध्यम रहेको बताउनुभयो । फुटबल खेलले युवाहरूमा नेतृत्व विकास गरि स्वास्थ्य ,समाजिक सद्भाव बढाउने काम गर्नुको साथै यस्ता प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्ने काम समेत गरिरहेकाे बताउनुभयो ।

खेलकुद उदघाटन समारोहमा पालिका उपाध्यक्ष बासमति हरिजन , नागरिक उन्मुक्ति पार्टीका जिल्ला अध्यक्ष ओम प्रकास चाैधरी, समाजसेवी पहलाद पासवान , सरावल उद्योग बाणिज्य संघका बरिस्ठ उपाध्यक्ष बिरेन्द्र यादव लगाएतकाे उपस्थित रहेको थियो ।


खुल्ला नकआउट फुटबल प्रतियोगितामा १८ वटा जिल्ला भित्रका फुटबल क्लबकाे सहभागीता रहेको छ ।

प्रतियोगितामा प्रथम हुने टिमलाई ५० हजार , मेडल ,कप र प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै
द्वितृय हुने समुहलाई ३० हजार , मेडल ,कप र प्रमाणपत्र प्रदान गरिने क्लबकाे सचिव खेम नरायण चाैधरीले जानकारी दिनुभएको हाे।

क्लबकाे सल्लाहकार प्रकाश भट्टराईकाे स्वागत मन्तब्यबाट सुरुवात भएको कार्यक्रमकाे सन्चालन फणेन्द्र चाैधरीले गर्नुभएको थियोे ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot