बिनोद निगम / नवलपरासी ,५ असोज पश्चिम नवलपरासीको रामग्राम नगरपालिका-२ दुर्गाटोलमा लागु औषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा खटिएको प्रहरी टोलीले एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार दिउँसो ४ बजे खटिएको प्रहरी टोलीले दुर्गाटोलस्थित घर तथा आँगन खानतलासी गर्दा ONEREX 100 एमएल लेखिएका १०७ बोतल, NITRAZEPAM 10 मि.ग्रा.का ६०३ ट्याब्लेट र PROXYCO SPAS का ३,९४२ क्याप्सुल बरामद गरेको हो। प्रहरीले सोही स्थानका १९ वर्षीय सारुक कुरैसीलाई पक्राउ गरी थप अनुसन्धान अघि बढाएको जनाएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी (ब.सु.प.)का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीर दत्त पन्तले घटनाबारे जानकारी दिएका छन्। राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।