तपाईंको आज Aajako Rashifal |आजको राशिफल| Today Horoscope

आजको राशिफल – Today’s Horoscope
२०८२ भदाै १५ गते आइतवार, ३१ अगस्ट २०२५। भाद्र शुक्लपक्ष अष्टमी तिथि। अनुराधा नक्षत्र, १५ः५६ बजेपछि ज्येष्ठा। चन्द्रराशि वृश्चिक।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
मेष – Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
गरेका कामबाट तत्काल फाइदा उठाउन मुस्किलै पर्नेछ। सानातिना काममै अल्झनुपर्दा लक्ष्य प्राप्त नहुन सक्छ। हिसाबकिताबमा होसियार रहनुहोला। हडबडको त्रुटिले काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। स्वास्थ्य कमजोर हुनाले आँटेको काममा बाधा पुग्नेछ। अध्ययनमा त्यति समय दिन नसकिएला। प्रयत्न गर्दा पछि फाइदा हुने काम सम्पादन हुन सक्छ।
वृष – Taurus
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
साथीभाइको आगमनले दिन मनोरञ्जनपूर्ण हुनेछ। रमाइलो यात्रा, जमघट एवं खानपानको आनन्द प्राप्त हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। व्यापार बढ्नाले आम्दानी पनि बढ्नेछ। कमजोरी सुधार्दै जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू प्रशस्तै भेटिनेछन्। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।
मिथुन – Gemini
का, कि, कु, घ, ङ, छ, के, को, ह
मिहिनेतीहरूका लागि समय निकै उत्साहजनक रहनेछ। प्रतिस्पर्धामा विजयी भइनेछ भने द्वेष तथा ईर्ष्या गर्नेहरूले हार खानेछन्। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। स्वास्थ्य सबल रहनेछ भने शत्रुहरू परास्त हुनेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुनेछ। महत्त्वाकांक्षी कार्य शुभारम्भ गर्ने समय छ।
कर्कट – Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आँटले सजिलै लक्ष्यमा पुर्याउनेछ। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। प्रतिष्ठित काम सम्पादन गर्ने अवसर प्राप्त हुनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले हिम्मत जगाउनेछ। दिगो फाइदा हुने काम सम्पादन हुनेछ।
सिंह – Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
सामाजिक कार्यले हौसला दिलाए पनि घरेलु समस्याले निराश तुल्याउन सक्छ। बेसुरमा दिएको वचनले अप्ठ्यारो पर्नेछ भने काम बिग्रने डरले सताउन सक्छ। हिस्सेदारसँग असमझदारी बढ्नाले सम्झौता भंग हुन सक्छ। अरूको फाइदाका लागि उपयोग भइनेछ भने आफ्ना लागि परिस्थिति प्रतिकूल रहनेछ। ईर्ष्यालु मन भएकाहरूले काममा अवरोध पुर्याउन सक्छन्।
कन्या – Virgo
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। व्यवसायमा राम्रै फड्को मार्न सकिनेछ। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विभिन्न अवसर दिलाउन सक्छ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। अवरोध हट्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुने समय छ। मिहिनेतले जीवनशैलीमा राम्रै परिवर्तन ल्याउन सक्छ।
तुला – Libra
र, रि, रु, रे, रो, ता, ति, तु, ते
अवसर आए पनि काममा पछि परिनेछ। मनमा द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। शुभचिन्तकहरूले आफ्ना कमजोरीप्रति गुनासो गर्न सक्छन्। पछिलाई फाइदा हुने भए पनि सोचेको प्रतिफल तत्काल नपाइएला। समस्या दर्साउँदा सहयाेगीहरू भेटिनेछन्। लगनशीलताले मात्र परिस्थितिलाई बदल्न सक्छ।
वृश्चिक – Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु
अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा लक्ष्य प्राप्त गर्न विलम्ब हुनेछ। कमजोर मानसिकताले पनि पछि परिने सम्भावना छ। स्वास्थ्यका कारण काम रोकिन सक्छ। बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ला। भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ। तापनि पारिवारिक जमघटले दैनिकी व्यस्त भइरहने देखिन्छ।
धनु – Sagittarius
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। उधारोमा व्यापार हुनेछ। स्वाभिमानका लागि लाभांश त्याग्नुपर्ला। अरूको करकापमा काम गर्नुपर्ने परिस्थिति आउन सक्छ। छर-छिमेकमा असमझदारी बढ्नेछ। आकस्मिक खर्चले मन अत्तालिए पनि लामो यात्रा गर्ने अवसर जुट्नेछ।
मकर – Capricorn
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। परिश्रमको फल प्राप्त हुने समय छ। दिगो फाइदा हुने काममा लगानी गर्ने मौका छ। व्यापार तथा साझेदारीमा पनि फाइदा हुनेछ। आम्दानी बढ्नेछ भने परिवारजनका आवश्यकता पूरा हुनेछन्। पहिलेको सफलताले हौसला जगाउनेछ। मिहिनेतले नाम, दाम र इनाम समेत दिलाउन सक्छ।
कुम्भ – Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, द
प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। मिहिनेत गर्दा कार्यसिद्धिको समय छ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हातलागी हुनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षी काम बन्नेछ। काम गरेर दाम कमाउने अवसर प्राप्त हुनेछ, कर्तव्यपरायण रहनुहोला।
मीन – Pisces
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ। उपलब्धिको स्रोत पहिच्याउन सकिनेछ। अरूको काममा जुट्नुपरे पनि फाइदा आफैंलाई हुनेछ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot