राष्ट्रिय दैनिक / नवलपरासी ,६ कार्तिक पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका वडा नं. ४ मा रहेको ऐतिहासिक पाल्ही भगवती मन्दिरमा आज वृहत्त सरसफाई कार्यक्रम सम्पन्न भएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रम र पाल्हीनन्दन गाउँपालिकाको संयोजनमा गरिएको उक्त कार्यक्रममा स्थानीयवासी र सुरक्षाकर्मीसहितको टोलीले मन्दिर परिसर क्षेत्रमा सरसफाई गरेको हो । उक्त अवसरमा गाउँपालिकाले पाल्हीमन्दिरका लागि डष्टविन, कुचो,मास्क, ग्लब्स उपलब्ध गराएको थियो । गाउँपालिका अध्यक्ष वैजुप्रसाद गुप्ता(दीपक)ले मन्दिरका अध्यक्षसमेत रहनुभएका प्रतिनिधिसभा सदस्य देवेन्द्रराज कण्डेललाई सरसफाई सामग्री हस्तान्तरण गर्नुभएको हो । प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकको अध्यक्षता तथा संघीय सांसद तथा पूर्वगृहराज्यमन्त्री देवेन्द्रराज कण्डेलको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य वैजनाथ जयसवाल, गाउँँपालिका अध्यक्ष वैजुप्रसाद गुप्ता(दीपक), गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश कंहार लगायतले बोल्दै बडादशैँको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अजय केसी, प्रहरी नायव उपरीक्षक राजु लामा, जिल्ला ट्राफिक प्रहरी कार्याललयका प्रमुख दीपेश बस्याल, सांसद कण्डेलका स्वकीय सचिव कमल किशोर रायमाझी ,एपीएफका प्रतिनिधि लगायतको पनि सहभागिता थियो । राष्ट्रिय दैनिक राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।