तपाईंको आजको राशिफल – Today’s Horoscope

२०८२ साउन २९ गते बिहीवार, १४ अगस्ट २०२५। भाद्र कृष्णपक्ष पञ्चमी तिथि, प्रातः ५ः५३ बजेपछि षष्ठी। रेवती नक्षत्र, ११ः३० बजेपछि अश्विनी। चन्द्रराशि मीन ११ः३० बजेपछि मेष।
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
मेष – Aries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
सुरुमा खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। चुनौतीपूर्ण काममा हात हाल्न केही समय पर्खनुहोला। छर–छिमेकमा असमझदारी बढ्ने योग देखिए पनि मध्याह्नपछि स्थितिमा सुधार आउनेछ। चिताएका काममा शुभचिन्तकहरूले साथ दिनेछन्। टाढाका साथीभाइको निम्तो प्राप्त हुन सक्छ। पारिवारिक भेटघाटले खुसियाली छाउनेछ।
वृष – Taurus
इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। दिउँसोदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। सोखले खर्च बढाउनेछ। प्रयत्न गर्दा यात्राकाे प्रक्रिया अघि बढ्नेछ।
मिथुन – Gemini
का, कि, कु, घ, ङ, छ, के, को, ह
मिहिनेत परे पनि सोचेको नतिजा हातलागी नहुन सक्छ। परिबन्धले काममा बाधा पुर्याउन सक्छ। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। दिउँसोदेखि स्थितिमा सुधार आउनेछ। व्यापार बढ्नेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। पहिलेका कामबाट पनि मनग्य लाभ मिल्नेछ। उठ्नुपर्ने रकम हातलागी हुन सक्छ। सञ्चित रकमकाे उपयाेगले लाभ मिल्नेछ।
कर्कट – Cancer
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पेसा–व्यवसायमा लाभ हुनेछ। हिम्मतले काम बनाउन सकिनेछ। मध्याह्नपछि अरूको साथ जुट्नेछ। प्रयत्न गर्दा पदीय जिम्मेवारी प्राप्त हुनेछ। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने जिम्मेवारी हात पार्ने मौका छ। कीर्तिमानी काम गर्ने समय छ।
सिंह – Leo
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला। जिम्मेवारी भने बढिरहनेछन्। काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति देखिन्छ। तापनि मध्याह्नदेखि समुदायको हितमा केही काम गर्न सकिनेछ। गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। धनलाभ हुनेछ।
कन्या – Virgo
टो, प, पि, पु, ष, ण, ठ, पे, पो
बिहानको समय रमाइलो तथा कामका लागि अनुकूल रहनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। मनपर्ने भौतिक साधन जुट्नेछ। मध्याह्नदेखि स्थिति प्रतिकूल बन्नाले काममा समय दिन नसकिएला। आफ्नो मेहनतबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। स्वास्थ्य–उपचारमा खर्च हुने योग छ। सानातिना समस्यामै अल्झनुपर्ला। अर्थ अभावले पनि सताउन सक्छ।
तुला – Libra
र, रि, रु, रे, रो, ता, ति, तु, ते
समयमा काम नगर्ने बानीले समस्या निम्त्याउनेछ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। अवसर आए पनि नयाँ काममा हातहाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। मध्याह्नदेखि स्थितिमा सुधार आउनेछ। व्यापार बढ्नेछ। रमाइलो जमघटमा सहभागी भइनेछ। प्रियजनसँग भेटघाट हुनेछ भने अतिथिका रूपमा सम्मान प्राप्त होला। पेसा–व्यवसायमा पनि मनग्य फाइदा उठाउन सकिनेछ।
वृश्चिक – Scorpio
तो, ना, नि, नु, ने, नो, या, यि, यु
कामका लागि बिहानको समय अनुकूल रहनेछ भने परिस्थिति पनि रमाइलो हुनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। मनपर्ने भौतिक साधन जोड्ने समय छ। मध्याह्नपछि नयाँ कामतर्फ अग्रसर भइनेछ। मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। पहिले ईर्ष्या गर्नेहरूले सहयोग गर्न थाल्नेछन्। थोरै लाभ भए पनि दिगो काम प्रारम्भ हुनेछ।
धनु – Sagittarius
ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
आँटले काम लिन नसक्दा पछि परिनेछ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। पहिलेका समस्या दोहोरिन सक्छन्। मध्याह्नपछि स्थितिमा सुधार आउनाले सजिलै लक्ष्य प्राप्ति होला। बुद्धिको उपयोगले प्रतिष्ठा जोगाउन सफल भइनेछ। रचनात्मक कार्यमा जुट्दा मनग्य फाइदा उठाउन सकिनेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ।
मकर – Capricorn
भो, ज, जि, खि, खु, खे, खो, गा, गि
गलत व्यक्तिको विश्वास गर्दा धोका हुन सक्छ। काममा आफ्नो श्रम परे पनि प्रतिफलमाथि अरूले राज गर्नेछन्। नतिजा कमजोर देखिनाले कुनै काम दोहोर्याउनुपर्ला। मध्याह्नदेखि भूमि तथा पशुधनबाट सामान्य लाभ मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने सहयोगीहरू पनि भेटिनेछन्। पहिले दिएको वचनले अप्ठ्यारो पार्न सक्छ। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला।
कुम्भ – Aquarius
गु, गे, गो, सा, सि, सु, से, सो, द
मान–सम्मान पाइने समय छ। बोलीको भरमा चिताएको काम बन्नेछ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। दिउँसाेदेखि नयाँ काम प्रारम्भ हाेला। पेसा व्यवसायमा पनि लाभ हुनेछ।अध्ययन र व्यापारमा प्रगति हुनेछ। व्यक्तित्वमा निखारता आउनेछ। नाम, दाम र इनाम हातलागी हुनेछ।
मीन – Pisces
दि, दु, थ, झ, ञ, दे, दो, च, चि
प्रयास गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। हिम्मतले काम बनाउन सकिनेछ। ईर्ष्या गर्नेहरूको मनोबल कमजोर हुनेछ। सानो प्रयत्नले ठूलो फाइदा हुनेछ। दीर्घकालसम्म फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ। उपलब्धिले थप उत्साह जगाउनेछ। बोलीको भरमा काम सम्पादन हुन सक्छ। तार्किक क्षमताले मानसम्मान र फाइदा दिलाउनेछ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।

jayabajarangi_itta_udhog

संबन्धित
Slot online
slot gacor,
mimislot
MIMI PORTAL
mimislot
mimislot
Slot Online
mimislot
mimislot