Rashtriya Dainik

अर्घाखाँचीमा नेपाल शिक्षक संघको तेस्रो प्रतिनिधि सभा सम्पन्न

दिपेन्द्र खत्री,०८ अर्घाखाँची ।

नेपाल शिक्षक संघ अर्घाखाँचीले शनिबार तेस्रो प्रतिनिधि सभा सम्पन्न गरेको छ। अर्घाखाँची जिल्ला मालारानी गाउपालिका वार्ड नम्बर ३ खनदहमा नेपाल शिक्षक संघको तेस्रो प्रतिनिधि सभा सम्पन्न भएको हो।

नेपाल शिक्षक संघ मालारानीका अध्यक्ष शोभाखर खनालको अध्यक्षतामा सम्पन्न भएको उक्त सभामा नेपाल ट्रेड युनियन लुम्बिनी प्रदेशका सचिब नन्दराम भट्टराई प्रमुख अथिती , नेपाल शिक्षक संघ जिल्ला कार्य समितिका उपाध्यक्ष सारदा भट्टराई , नेपाल शिक्षक संघ जिल्ला कार्य समितिका सह(सचिब कृष्ण खनाल, नेपाली काङ्रेस मालारानिका संयोजक शोभाखर खनाल बिशिस्ट अतिथि , पुर्ब श्रोत ब्यक्ती बिष्णु पोख्रेल , प्रधानाध्यापक भोजराज रिजाल अथिती रहनुभएको सो सभामा नेपाल शिक्षक संघ मालारानिका अध्यक्ष शोभाखर खनालले वार्षिक प्रगती प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

नेपाल ट्रेड युनियन लुम्बिनी प्रदेशका सचिब नन्दराम भट्टराई नेपाल शिक्षक संघ जिल्ला कार्य समितिका उपाध्यक्ष सारदा भट्टराई , नेपाल शिक्षक संघ जिल्ला कार्य समितिका सह(सचिब कृष्ण खनाल, नेपाली काङ्रेस मालारानिका संयोजक शोभाखर खनालले उक्त कार्यक्रमको सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।

उक्त कार्यक्रममा नेपाल शिक्षक सङठन परित्याग गरि शिक्षक संघ मा प्रबेश गर्नुभएको थियो १ उक्त कार्यक्रमको सञ्चालन नेपाल शिक्षक संघ मालारानिका अध्यक्ष कृष्ण प्रसाद खनालले गर्नुभएको थियो ।जुन कार्यक्रम आज जिल्लाका ६ वटै पालिकामा सम्पन्न भएको नेपाल शिक्षक संघ अर्घाखाँचीका अध्यक्ष यादवप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

TopLine
राष्ट्रिय दैनिक

राष्ट्रिय दैनिक एक लोकप्रिय नेपाली समाचार पोर्टल हो। हामी सत्य तथ्य निश्पक्ष र सन्तुलित समाचार सम्प्रेषण गर्ने तर्फ उद्दत छौँ । हाम्रा टोल,समाज, शहर वा आम जनताका चुलो चौको देखि सदन सम्म अथवा समाजका उदाहरणीय ब्यक्ति, रास्ट्रका पहरेदार हरेक बिषय हाम्रा समाचारका श्रोत हुन् । आवाज बिहिनहरुको आवाजमा साथ अनि सरकारको बेथितिमा हाम्रो निगरानी हुनेछ । हामी राजनितीको रंग भर्दैनौं तर राजनितीको चेतना अवश्य भर्ने छौं ।


संबन्धित